ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड सरकारको भ्रष्टाचार विरोधी अभियानबाट आतंकित तत्वको बद्नाम गर्ने कुचेष्टा : दीनानाथ शर्मा


एबीसी न्यूज
२४ असार २०८०, आइतबार   ५ : ००   बजे

 

 

काठमाडौं २४ असार । पूर्व शिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव दीनानाथ शर्माले ललिता निवास प्रकरणका सन्दर्भमा कुनै संलग्नता र सम्बन्ध नभएको विषयमा आफ्नो नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएका छन् ।

कान्तिपुर दैनिकको मुखपृष्ठमा असार २४ मा प्रकाशित समाचारमा ललिता निवास प्रकरणसम्बन्धी समाचारमा ‘गुठीमा जग्गा लैजाने निर्णय’मा आफ्नो नाम जोडिएको प्रति नेता शर्माले आपत्ति प्रकट गरेका हुन् ।
शर्माले भनेका छन् – हाम्रो पार्टीका अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानबाट अत्तालिएका विभिन्न पक्षले हाम्रो पार्टी र नेताहरुका विरुद्ध फैलाउने अनर्गल दुष्प्रचार र भ्रममा कोही नपर्न तथा सुशासन र पारदर्शिताको पक्षमा उभिन समेत अपिल गर्न चाहन्छु ।’

आज एक प्रेस नोट प्रकाशित गर्दै नेता शर्माले सो समाचारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै २०६८–२०६९ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्रिपरिषद्मा बसेर करिब पन्ध्र महिना शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकोमा आफु जिम्मेवार रहेको मन्त्रालयबाहेक भुमिसुधार, भौतिक योजना वा गृहसमेतका अन्य मन्त्रालयको मन्त्रालयगत काम कारवाही र निर्णय प्रक्रियामा आफ्नो कुनै संलग्नता र सम्बन्ध नहुने र नरहेको कुरा प्रष्ट पारेका छन् । आफ्नो व्यक्तिगत जीवनमा अन्यथा हुनेगरी प्रकाशित भ्रामक समाचारको भ्रममा नपर्न उनले सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, समर्थक तथा आम जनसमुदाय सबैमा अनुरोध समेत गरेका छन् ।

भ्रष्टाचार र अनियमितता हाम्रो देशको गम्भीर समस्या भएको उल्लेख गर्दै शर्माले प्रकाशित गरेको प्रेस नोटमा यस्तो विकृति र विसंगतिका बिरुद्ध कडाइका साथ कारवाही हुनुपर्दछ भन्ने मान्यतामा नेकपा (माओवादी) केन्द्र र आफु सदा दृढतापूर्वक प्रतिवद्ध रहेको समेत स्मरण गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ध्रुवे हात्तीलाई डार्ट गरी नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu