ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका कृषकको फेरिएको जीवनी (भिडियो)


एबीसी न्यूज
२५ असार २०८०, सोमबार   ९ : ४४   बजे

दाङ । दाङ जिल्लामा खेतीयोग्य जमिन प्रसस्त भएपनि सिचाइको भने समस्या रहेको छ । खोला, नदिहरूमा पानी भएयता पनि किसानहरूको खेतबारी सम्म त्यो पानी पुग्न सकेको छैन । या भनौं खोलाको पानी खेतसम्म पु¥याउने जमर्को गरिएको छैन । जसले गर्दा किसानहरू आकाशे पानीकै भरमा खेती गरेर जिविका धान्न बाध्य छन् । तर, जिल्लामा २०७३ सालमा स्थापना भएको वृहत दाङ उपत्यका सिँचाइ आयोजनाले सि“चाइ पु¥याउने काम गर्न थाले पछि भने किसानका अनुहारमा खुसीका रेखाहरु देखिन थालेका छन् ।

दाङ दंगीशरण गाउपालिका १ रामपुरका स्थानीय आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका थिए । तर, वृहत दाङ उपत्यका सिचाइ आयोजनाले गाउमा कृत्रिम जलासय निर्माण गरिदिए पछि अहिले धेरै खुशी भएका छन् । जसले गर्दा उनीहरूले अहिले खेतमा धान रोपेर पनि सिध्याउने बेला भएको छ ।

आयोजनाले यस गाउमा दुई जलासय निर्माण गरिदिएको छ । जसबाट सयौं बिगाहा जमिन सिंचित गर्न सकिने भएको छ । भने किसानहरूलाई समय मै खेतीगर्न सहजता थपिएको छ ।यस्तै तुलसीपुर उप—महानगरपालिका १ मनकामना देवी स्थित जम्मु चिरा जलासय निर्माण भएको छ । यसबाट ६० हेक्टर जमिनमा सि“चाइको उपलब्धता हने छ । १०५ घरधुरी यसबाट प्रत्यक्ष लाभान्वित हुने छन् । यो आयोजनामा पनि लिफ्टको काम बाकी छ । स्थानीय गोकर्णलाल खत्रीका अनुसार गाउ“मा एक चरणमा मात्र सि“चाइ हुने भएयता पनि अब ड्यामको पानी प्रयोग गर्न पाउ“दा खेतीमा सहजता आउने बिश्वास बढेको छ ।

गाउ“मा जलासयहरू निर्माण भएपछि किसानहरूलाई सचिाइको सहजता मात्रै होइन आयआर्जनका आयामहरु पनि बढ्दै जाने जनप्रतिनिधिहरूको बुझाई छ । सि“चाइका कारण किसानहरूले माटो अनुसारको आम्दानी गर्न नसकेको अवस्थामा अब ड्यामको पानीले धेरै राहत पुग्ने उनीहरूको बिश्वास छ ।

दाङमा सिचाइका कारण क्रमश ः खेती योग्य जमिन घट्दै गएको अवस्थामा २०७३ साल मंसिर १२ गते जिल्लामा ५६ हजार हेक्टरमा सिचाइ सुविधा पु–याउने उद्देश्यले वृहत दाङ उपत्यका सिचाइ आयोजना स्थापना भएको थियो । यस आयोजना २०७४÷७५ सालदेखि जिल्लामा शुरु भएको आर्थिक वर्ष २०८३ ÷ ८४ सम्म रहने अनुमान गरिएको छ । जसको कुल लागत ४० अर्ब अनुमान गरिएको छ । जिल्लामा अहिलेसम्म विभिन्न गाउमा ३५ वटा जलासय निर्माण भएका छन् । भने २६ वटा लिफ्ट सि“चाइ आयोजना सम्पन्न भएका छन् । यस्तै २० वटा निर्माणधीन अवस्थामा रहेको र १८ वटा लिफ्ट सिचाइको लागि डीपीआर तयार भएको छ ।

यस्तै भूमिगत सिचाइ अन्तर्गत हालसम्म ४२ वटा डिप ट्युबबेल निर्माण भएका छन् भने १६ वटा निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । जिल्लामा अहिलेसम्म ६ हजार हेक्टरमा सि“चाइको सुविधा पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group