ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा नौ हजार छ सय ८३ दुर्घटना : एक सय ७८ को मृत्यु


एबीसी न्यूज
२५ असार २०८०, सोमबार   २ : ४५   बजे
काठमाडौं, २५ असार । काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नौ हजार छ सय ८३ सवारी साधन दुर्घटना हुँदा एक सय ७८ जनाको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि जेठ मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा नौ हजार छ सय ८३ सवारी दुर्घटना हुँदा एक सय ७८ जनाको मृत्यु भएको हो । सोही दुर्घटनामा परी दुई सय ४२ जना गम्भीर घाइते र सात हजार तीन सय ६३ जना सामान्य घाइते भएका छन् ।
सवारी दुर्घटनामा परेर मृत्यु हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर चालक रहेका छन् । चालु आवमा मोटरसाइकल तथा स्कुटर दुर्घटनाबाट ९३ जनाले ज्यान गुमाएका छन् । यसैगरी पैदलयात्री ५६, साइकलयात्री चार, ट्रक, बस र कार दुर्घटनामा तीन÷तीन, माइक्रो तथा टिपरमा दुई÷दुई र लोडर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमध्ये महिलाका तुलनामा पुरुष बढी छन् । सोही अवधिमा एक सय ३५ पुरुष र ४३ महिलाको दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमध्ये आधाभन्दा बढी १७ देखि ३५ वर्ष उमेर समूहका रहेका छन् । कार्यालयका अनुसार १७ देखि ३५ वर्षसम्मका ९२, ३५ वर्षभन्दा माथि उमेर समूहका ७५ र १६ वर्ष मुनि उमेर समूहका ११ जनाले ज्यान गुमाएका छन् ।
चालकको लापरबाहीबाट पाँच हजार सात सय ७५, तीव्र गतिका कारण दुई हजार आठ सय ३१, मादक पदार्थ सेवन ९मापसे० का कारण पाँच सय ९५, यान्त्रिक गडबडीका कारण एक सय ४२, ओभरटेका कारण दुई सय २७, सडकको अवस्थाका कारण २१ र मौसमका कारण ३४ सवारी साधन दुर्घटनामा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट उपत्यकाभित्र हुने सवारी साधन दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमलाई अगाडि सारेको बताउनुहुन्छ ।
“दुर्घटनालाई कम गर्न मादक पदार्थ सेवन ९मापसे० जाँचमा कडाइ, तीव्र गतिलाई नियन्त्रण गर्न प्रतिघन्टा ५० किलोमिटरभन्दा बढीको गतिमा सवारी साधन चलाउन नपाइने नियम, सवारी साधनको स्थिति जाँच, लामो दूरीका सवारी साधनमा दुई चालक छन् या छैनन्लगायत विषयलाई विशेष निगरानी गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । साँघुरो बाटो र धेरै सवारी साधन भएकाले बढी दुर्घटना हुने गरेको प्रवक्ता भट्टको भनाइ छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौँ उपत्यकाभित्रको सवारी साधन व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक डिआइजीको नेतृत्वमा एक हजार आठ सय बढी ट्राफिक प्रहरी परिचालित छन् । हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा छन्

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu