काठमाडौं २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटर व्याज पिडितलाई राहत दिने कानुन छिटै बन्ने बताउनु भएको छ ।
प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्रीले भने – सरकार भ्रष्टाचार विरोधी अभियान हांगिाविंगा मात्र होइन, जरैसम्म पुग्छ, ढुक्क भए हुन्छ । उनले भने – मिटर व्याज पिडितहरुको आवाज उठेको अहिले नभएर तीन वर्ष अघि केपी ओलीजी प्रधानमन्त्री भएका बेला चर्कोसंग उठेको थियो । उनले थप भने – त्यति बेला नै मैले सवै पार्टीका साथीहरुलाई राखेर छलफल गरेको थिएँ । तर ओलीजीले त्यसलाई पनि षडयन्त्र जस्तो देख्नु भयो ।
प्रधानमन्त्री प्रचण्डले भने– त्यतिवेला हाम्रो पार्टीको एकजना युवा नेताको मिटर व्याज पिडितको पक्षमा संघर्ष गर्दै जांदा रहस्यमय हत्या भएको थियो । सुशासनका पक्षमा अघि बढेको सरकारले सवै मिटिर व्याजपिडितहरुको पक्षमा वार फुटिंगमा पहलले लिएर काम गर्नु पर्दछ भन्ने मा दृढ छ ।
प्रतिक्रिया दिनुहोस्