ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललिता निवास जग्गा काण्डमा पक्राउ पेका सचिव राउतलाई दुई दिन हिरासतमा राख्न अनुमति


ABC NEWS
२५ असार २०८०, सोमबार   ९ : २३   बजे

काठमाडौं २५ असार । बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले पक्राउ गरेका सचिव राउतलाई सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।

अदालतले उनलाई आइतबार र सोमबार हिरासतमा राख्न अनुमति दिएको हो।

आइतबार नै पक्राउ परेका पूर्व नापी अधिकृत ध्रुव अर्याल र समर्जङ कम्पनीका पूर्व प्रमुख लोकहरी घिमिरेलाई पनि दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनीहरुलाई पनि अदालत बुझाइएको थियो।

आइतबार बिराटनगर जान लाग्दा उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो। बाबु विरामी भन्दै उनले दुई दिनको बिदा लिएका थिए। तर उनी देश छाडेर भाग्न लागेको आशंकामा प्रहरीले पक्राउ गरेको हो।

२०६७ सालमा शाखा अधिकृत हुँदा उनी भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत थिए। जतिबेला उनले टिप्पणी उठाएको आरोप छ। यसअघि अख्तियारबाट जोगिएका उनलाई सीआईबीले भने कीर्ते र संगठित अपराधको कसुरमा पक्राउ गरेको हो।

संगठित अपराधको कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाउँछ। यसअघि बालुवाटार जग्गा प्रकरणमा अरु ११ जनालाई सीआईबीले पक्राउ गरिसकेको छ।

सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, धर्मप्रसाद गौतम, गोपाल कार्की, शिवजी भट्टराई, बाबुराजा महर्जन, घमनकुमार कार्की, रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको छ।

पक्राउ परेका १२ जनालाई पुनः म्याद थपका लागि मंगलबार एकसाथ उपस्थित गराइने छ। यसअघि पक्राउ परेकाको म्याद सोमबार नै सकिने भएकाले सचिवसहित तीन जनालाई पनि त्यति नै थुनामा राख्न प्रहरीले अनुमति मागेको थियो। तर यो प्रकरणमा सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ अनुमति लिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group