ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘धर्मस्थलीतिरको केस खोइ ? मातातीर्थको केस खोइ ?’ : ओली (सम्वोधनको मुख्य अंश )


ABC NEWS
२६ असार २०८०, मंगलबार   ४ : ०४   बजे

काठमाडौं २६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा १९ जेठ २०७९ मै प्रहरीकहाँ निवेदन परेको भए पनि अहिले सरकारमा भएकाहरुले ढाकछोप गरेको र बाहिरिएपछि अघि बढाएको बताएका छन् । यो नियमित प्रक्रियाअनुसार अघि बढेको भन्दै उनले हामीले गर्‍यौं भन्नु व्यर्थको पोलिटिकल स्टन्ट मात्र भएको उनले बताए ।

ओलीले अघि भने, ‘अहिले पनि कहाँ मुद्दा चलेको छ र ? धर्मस्थलीतिरको केस खोइ ? मातातीर्थको केस खोइ ? ’केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र गरेको आरोप लगाएका छन् ।

एमालेको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचारविरोधी काममा सरकारको योगदान नै नभएको बताए । ‘अहिलेको सरकार, खासगरी प्रधानमन्त्री र गृहमन्त्री, लडेको राँगो मैले पछारेको’ जस्तो गरेको भन्दै ओलीले व्यंग्य गरे । ।

एमालेलाई बदनाम गर्न खोजे पनि यस्ता कुनै अनियमितता र भ्रष्टाचारमा एमालेको संलग्नता नभएको समेत ओलीले बताए ।

अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भईसकेको मिटरब्याजसम्बन्धि प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झूट कुरा गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

उनले सो विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुने गरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको समेत बताए।

प्रचण्ड संसदमा रोएर ध्यान तान्न खोजे

अहिले सात महिना त सिद्धियो। यो सरकारले के गर्‍यो त? वरतिरको सिन्को यसले परतिर के सार्‍र्यो? केही पनि गरेको छैन राम्रो काम। यसले के गर्‍यो? ढाँट्छ, छक्याउँछ। मिटरब्याजीहरूको सम्बन्धमा ज्येष्ठ २४ गते विधेयक पास गर्न दिएनन भनेर गृहमन्त्री कड्किए। यिनीहरूनै हुन, जसले बैशाख २४ गते पेश गर्नुपर्ने कुरा असार ५ गते पेस गर्छन् पार्लियामेन्टमा। के हेरेर बसे? राष्ट्रियसभामा असार ५ गते पेश गर्छन, बैशाख २४ गते गर्नुपर्ने त्यो अध्यादेशसम्बन्धि प्रतिस्थापन विधेयक। बैशाख २४ देखि असार ५ सम्म के हेरेर बसे? अथवा बिल्कूल उदासिन, लापरबाह र यिनीहरु सामन्तको पक्षमा भएका हुनाले यिनीहरूले त्यो गरेका हुन्। नहोस् भनेर।

राष्ट्रियसभाबाट अन्तिम दिन। ६० दिन भित्र भइसक्नुपर्छ। अब ६० औं दिनको अन्तिम दिनमा केही भयो भने पनि संसद रोकिन सक्छ। त्यस्तो बेलामा ल्याए। हामीले भन्यौं–मिटरब्याजीहरुलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने विषय छ। संसद चलाउने गरी अघि बढौं। प्रधानमन्त्रीले राजीनामा गर्नुस्। अथवा बाटो त निकाल्नु पर्‍यो नि केही। जथाभावी बोल्ने अनि उहाँ मलाई प्रधानमन्त्री बनाउन कति पटक दिल्ली जानु भयो भन्ने? अनि केही पनि होइन भनेर चुप लागेर बस्ने। प्रधानमन्त्री पार्लियामेन्ट पनि आउनु भएन। कसैसँग कुुरा पनि गर्नु भएन। र, झूट प्रशारण गर्नु भयो बोल्न दिएन भनेर, स्पष्टिकरण गर्न दिएन भनेर। कहाँ गर्नु भयो उहाँले स्पष्टिकरण? बल्ल हिजो स्पष्टिकरण दिन्छु भनेपछि हामीले दियौं त। अनि गृहमन्त्री गएर त्यहाँ कसैले रोक्न सक्दैन तपाईंहरुलाई न्याय दिन भन्छन्।

बैशाख २४ गतेदेखि असार ५ गतेसम्म अन्तिम घडीपला समेत समाप्त हुने बेलामा त्यो ल्याएर, त्यसलाई फुकाएर जाऊ भन्दा नफुकाएर, अनि कुँदेर माइतीघर मण्डलामा गएर यस देशमा छ नि नारायणकाजी भन्ने महान, बहादुर जन्मेको छ, त्यसले तपाईहरूलाई इन्साफ दिन्छ भनेर फाईफूर्ती लगाउने त्यहाँ? सरकारमा त हामी थिएनौं। बैशाख ५ गतेदेखि असार ५ गतेसम्म के हेरेको? अर्को हिजो संसदमा हेरेको त ६० दिन भित्र सिद्धिसक्छ। त्यो हुनेवाला नै छैन। ६० दिन भित्र अध्यादेश वा त्यसलाई प्रतिस्थापन गर्ने विधेयकको म्याद सिद्धिन्छ। २० गते सिध्याए। प्रचण्डजी एण्ड कम्पनीको ७ गठबन्धन, १० गठबन्धन कतिको गठबन्धन हो। यो गठबन्धनको सरकारको हो। यसलाई असफल पारिसक्यो।

हिजो ६० दिन कटेको ५ दिन पछि फेरी विधेयक पारित गरौं भनेर। ६० दिनमा त्यो रद्द भइसक्छ। अर्को विधेयक ल्याउनुपर्छ। यिनीहरूलाई कानुन, संविधानको मतलव होइन। खाली जनता छक्याउने, अनि त्यहाँ त हामीे यो संविधान बमोजिम मिल्दैन भनेर। त्यसो भन्ने वित्तिकै कँदेर माईतीघर मण्डलामा पुग्ने र एमालेले हुन दिएन भन्ने। यो सबै जनता ठग्ने चाल हो। नत्र भने त्यस्तो विधेयक म्याद सकिएको ५ दिनपछि कसैले ल्याउँछ? २० गते म्याद समाप्त भयो, २५ गते कसैले ल्याउँछ? त्यसकारण यो सबै छलछाम हो। यस्ता तत्वहरु, जो पार्लियामेन्टमा सत्ताधारी दलका सांसदहरु, तालिम गरेर लगिन्छन। सुनको जलहरी चढाएको होइन, पित्तलको हो भनेर भन्न तालिम दिएर लगिन्छन। तालिम कस्ता होलान, बवक्ता कस्ता होलान? कसैले दुनियाँमा त्यस्तो कल्पना गर्न सक्ला? १०८ किलो सुन पशुपतिजस्तो ठाउँमा सुन नचढाएर पित्तल चढायो। यो सद्दे दिमाग भएको मान्छेले बोल्न सक्ला? त्यसवापत् किञ्चित ग्लानी छैन। यस्ता झुट अफवाह फैल्याए वापत लाज, सरम केही पनि छैन। अचम्म लाग्छ। उनीहरूकै कुरा चाँही ठूला छन्।

हिजो पनि ठूला कुरा सुन्दै थिए म प्रधानमन्त्रीजीका पार्लियामेन्टमा बोलेका कुरा। केटाकेटीको बल नै रुनेमा हुन्छ। आमाको ध्यान तान्ने रोएर, अरुको ध्यान तान्ने रोएर। भोक लाग्यो भन्नुपर्‍यो रुने, थकाई लाग्यो भन्नुपर्‍यो रुने। उसको बल नै, तागत नै त्यही हो। बाबुआमाले टेरेन, मानेन भने चल्काएर ल्याई हाल्छ बाबुआमालाई। बालकको रोदनमा तागत हुन्छ। विभिन्नको तागत विभिन्न चिजमा हुन्छ। र, अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैल्याउने, गठबन्धनका मान्छेहरुको त्यही देखिन्छ। र, उनीहरु यो गठबन्धन कायम राख्न चाहन्छन्। किनभने उस्तैउस्तै मिलेको जस्तो देखिन्छ। त्यसकारण कायम राख्न चाहन्छन्।

हामीले भनेका छौं–हामीलाई सरकारमा जान हतारो नभएको मात्रै होइन, अहिले हामी सरकारतिर हेरेका पनि छैनौं। त्यतातिर सोचेका पनि छैनौं। हामी ग्रासरुटमा लाग्यौं। अब मिशन २०८४, मिशन ५१ पर्सेन्ट। यतापट्टि हामी लागेका छौं। हामीलाई सरकारतिर हेर्ने, यो सरकारको दैनिक किचलो, सरकार बनाउने, त्यसलाई जोगाउने, त्यसलाई कसरी टिकाउने, यताको टेको, उताको टेको, यो खोज्यो, उ खोज्यो, जेलबाट छुटाएर चार वटा भोट लियो। यता खेल्यो, उता खेल्यो। यसखालको कुनै परिणाम ननिस्कने खेल वैयक्तिक ज्यान बनाउनु छ भने ठिकै हुन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group