ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको छ अर्थमन्त्री डा महत


एबीसी न्यूज
२६ असार २०८०, मंगलबार   ५ : ०२   बजे

काठमाडौ असार २६  अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताएका छन ।नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले काठामाडौँमा आज आयोजना गरेको ‘नेपालको वित्तीय क्षेत्रको चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रममा अर्थमन्त्री डा महतले बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ताप्रति जिम्मेवार भएर स्वस्थ प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए।

उनले बैंक तथा वित्तीय संस्था ब्याजदर बढाउने विषयमा भने मिलेमतो गर्ने गरेको समेत बताए। “ब्याजदर बढाउने घटाउने विषयमा मिलेमतो र एकाधिकार जस्तो भयो”, उनले भने, “एउटै व्यक्ति व्यवसायी र बैंकर हुँदा कर्जा क्षेत्रमा पनि समस्या छ । यस्तो हुँदा कर्जा सुविधा बढी लिने गरेको वास्तविकता हामीले देखेकै छौँ ।” उनले बैंक वित्तीय संस्थाले परियोजना धितो राखेर कर्जा नदिने तर घरजग्गा धितो राखेर मूल्याङ्कनभन्दा बढी कर्जा प्रवाह गर्ने गरेको पनि अर्थमन्त्री महतको भनाइ छ ।

त्यस्तै उत्पादनशील क्षेत्रमा भन्दा उपभोगका क्षेत्रमा बढी ऋण लगानी हुने गरेकामा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यसलाई सम्बोधन गर्नुपर्ने बताए ।आगामी आर्थिक वर्षको मौद्रिक नीतिले समग्र अर्थतन्त्रमा स्थिरता र आर्थिक वृद्धितर्फ उन्मुख गराउने गरी आउनुपर्ने अर्थमन्त्री डा महतको भनाइ छ ।

“सरकारले लिएको लक्षित आर्थिक वृद्धिदर हासिल गर्नेतर्फ उन्मुख गराउने मौद्रिक नीति आवश्यक छ”, उनले भने ।बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोग बढाएर पारदर्शिता कायम गर्न सक्नुपर्ने र निक्षेपकर्ताको निक्षेप सुरक्षित रहने विश्वास दिलाउन सक्नुपर्ने महतको भनाइ छ । सरकारी बैंकको वित्तीय स्वास्थ्य अवस्था खस्किएकामा अहिले सुधार हुँदै गएको उहाँले उल्लेख गरै ।

अहिले लघुवित्त क्षेत्रमा समस्या देखिएकामा राष्ट्र बैंकले नियामकीय भूमिका बढाउनुपर्ने तथा सहकारीको नियमनका लागि आगामी आर्थिक वर्षको बजेटले छुट्टै नियामक स्थापना गर्ने प्रावधान राखेको उनले उल्लेख गरे । मुलुकको समग्र अर्थतन्त्र केही समय अघिसम्म समस्यामा रहेकामा बिस्तारै त्यो सहज हुँदै गएको अर्थमन्त्री महतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group