ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहायकमन्त्री लुको दौडधुप : सीतालाई श्रद्धाञ्जली दिन बालुवाटारदेखि ओली, देउवा र साउदसँग वार्ता


एबीसी न्यूज
२९ असार २०८०, शुक्रबार   ९ : १८   बजे

काठमाडौं २९ असार : दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। शुक्रबार दिउँसो काठमाडौं आइपुगेका लु साँझ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

लुले प्रधानमन्त्री पत्नी स्व.सीता दाहालको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरे ।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। शुक्रबार दिउँसो काठमाडौं आइपुगेका लु साँझ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

 

उनी एमसीसी कार्यान्वयनसहितका मुद्दा लिएर एक दिने नेपाल भ्रमणमा शुक्रबार बिहानै काठमाडौं उत्रिएका हुन्।

यसअघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवासमा पुगेर दुई पक्षीय उच्च राजनीतिक वार्ता शुरु गरेका थिए ।नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका थिए ।

भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

देउवा लगत्तै लुले परराष्ट्रमन्त्री एनपी साउदसँग वार्ता गर्न सिंह दरबार पुगेका थिए । त्यस लगत्तै उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न एमाले मुख्यालय पुगे । यी सबै भेटमा लूले नेपालको संसदले अनुमोदन गरेको एमसीसी परियोजना कार्यान्वयन गर्ने बारे भएको प्रगतिका बारेमा जिज्ञासा राखेका थिए ।

स्रोतका अनुसार सत्तारुढ नेपाली कांग्रेसका सभापति देउवासंग अमेरिकी सहायकमन्त्री लू ले प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणबारे समेत चासो राखेका थिए । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणप्रति प्रसन्नता प्रकट गर्दै अमेरिकी सहायक मन्त्री लूले नेपालमा चिनिया गतिविधि बढिरहेकोमा नेपालले सावधानी अपनाउनु पर्ने बारेमा सुझाव दिएका थिए ।

 

स्रोतका अनुसार सत्तारुढ नेपाली कांग्रेसका सभापति देउवासंग अमेरिकी सहायकमन्त्री लू ले प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणबारे समेत चासो राखेका थिए । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणप्रति प्रसन्नता प्रकट गर्दै अमेरिकी सहायक मन्त्री लूले नेपालमा चिनिया गतिविधि बढिरहेकोमा नेपालले सावधानी अपनाउनु पर्ने बारेमा सुझाव दिएका थिए ।

सहायक मन्त्री लूको साथमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन सहित अमेरिकी दूतावासका अधिकारीहरु संलग्न थिए । लूको टोलीसँग नेका सभापति देउवाले एक्लै वार्ता गरे भने ओलीले प्रतिनिधि मण्डल स्तरमा नै वार्ता गरेका थिए । एमाले अध्यक्ष ओलीको साथमा उपमहासचिव विष्णु रिमाल, राजन भट्टराई र अन्जान शाक्यलाई पनि सहभागी गराएका थिए ।

लूले पररष्ट्रमन्त्री एनपी साउदसँग पनि एक्लै वार्ता गरेका थिए ।दुई देशबीचको लामो मित्रवत सम्बन्धको परिपेक्ष्यमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्वबारे समेत भटवार्ताका क्रममा चर्चा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group