ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयुक्त राष्ट्रसंघीय स्थायी नियोगमा थापा सहित ६ राजदूत सिफारिस


एबीसी न्यूज
३० असार २०८०, शनिबार   ८ : ४२   बजे

 

बाठमाडौं ३० असार । सरकारले रिक्त रहेका सातमध्ये ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ । मुख्यसचिव डा.। वैकुण्ठ अर्यालले शुक्रबार निर्णयमा हस्ताक्षर गरेर सार्वजनिक गरेका ६ राजदूत नियुक्तिको सूचीमा सवै करिअर डिप्लोम्याट मात्रै रहेका छन् । परराष्ट्र मन्त्रालायका का ६ जना सहसचिवलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको छ ।

सवैभन्दा महत्वपूर्ण मानिने संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कमा सहसचिव लोकबहादुर थापाको नाम सिफारिस भएको छ । हाल उत्तरपूर्वी एसिया महाशाखा प्रमुख रहेका उनी यसअघि बेल्जियमका लागि नेपाली राजदूत थिए ।
राष्ट्रसंघीय नियोग जेनेभाका लागि सहसचिव रामप्रसाद सुवेदी सिफारिसमा परेका छन् । दिल्लीस्थित नेपाली दूतावासको उपनियोगका रूपमा काम गरेर फर्केका सुवेदी हाल परराष्ट्रमा दक्षिण एसिया महाशाखा प्रमुख छन् ।
हाल प्रमुख शिष्टाचार महापाल रहेका सहसचिव सुधीर भट्टराई फ्रान्सका लागि राजदूतमा सिफारिस भएका छन् । सहसचिव धनबहादुर ओली थाइल्यान्ड, तेजबहादुर क्षेत्री युएई र घनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन् । सरकारले क्यानडाका लागि राजदूतमा भने सिफारिस गरेन । कार्यकाल सकेर क्यानडाबाट राजदूत भृगुप्रसाद ढुंगाना स्वदेश फर्किसकेका छन् ।
हालै न्युयोर्कबाट अमृतबहादुर राई, जेनेभाबाट मणिप्रसाद भट्टराई, युएईबाट कृष्णप्रसाद ढकाल, कुवेतबाट दुर्गाप्रसाद भण्डारी र फ्रान्सबाट दीपक अधिकारी कार्यकाल सकेर फर्किएका छन् ।
कहाँ को ?
१. संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्क : लोकबहादुर थापा
२. राष्ट्रसंघीय नियोग जेनेभा : रामप्रसाद सुवेदी
३. फ्रान्स : सुधीर भट्टराई
४. थाइल्यान्ड : धनबहादुर ओली
५. युएई : तेजबहादुर क्षेत्री
६. कुवेत : घनश्याम लम्साल
७. क्यानडा : रिक्त

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu