ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायाधीश नियुक्ति चाँडै प्रधानन्यायाधीश कार्की


एबीसी न्यूज
३१ असार २०८०, आइतबार   ३ : २२   बजे
काठमाडौं, ३१ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न छिट्टै न्याय परिषद्को बैठक बोलाउने तयारी गरिरहेको बताउनुभएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसितको भेटघाटमा उहाँले समयमा न्याय परिषद्को बैठक बस्न नसक्दा न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ भएको बताउनुभयो ।
प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ हुँदा मुद्दा फछ्र्योटमा कठिनाइ भएकाले जतिसक्दो छिटो परिषद्को बैठक राख्ने तयारी गरिरहेको उल्लेख गर्नुभयो । सर्वोच्च अदालतमा सात तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाँली हुन लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “संवैधानिक व्यवस्थाअनुसार एक महिना अगाडि नै सिफारिस हुनुपर्ने हो, तर न्याय परिषद्को बैठक बस्न नसक्दा ढिलाइ भएको छ ।”
समयमा न्यायाधीश नियुक्त भएमात्र मुद्दाको फछ्र्योटमा तीव्रता हुने उल्लेख गर्दै प्रधानन्यायाधीश कार्कीले भन्नुभयो, “सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने व्यवस्था छ, त्योअनुरुप हुन नसक्दा पाँच न्यायाधीशले मात्र काम गर्नुपरेको अवस्थामा मुद्दाको चाप बढेको हो ।” उहाँले सर्वोच्च अदालतमा मुद्दा फछ्र्यौट प्रक्रिया तीव्ररुपमा अघि बढाएको र अहिलेको तरिकाले काम गरेमा दुई वर्षमा पुराना मुद्दा फछ्र्यौट गर्न सकिने बताउनुभयो ।
आर्थिक वर्ष २०६७÷६८ सम्मका मुद्दाको छिनोफानो भएको जानकारी दिँदै प्रधानन्यायाधीश कार्कीले एक वर्षको अवधिमा तीन हजार पाँच सयभन्दा बढी पाँच वर्ष नाघेका मुद्दा फछ्र्योट भइसकेको बताउनुभयो । पुराना मुद्दालाई हप्ताको चार दिन चार इजलासमा प्राथमिकता दिएर हेरिरहेको उहाँले उल्लेख गर्नुभयो । प्रधानन्यायाधीश कार्कीले उच्च र जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झार्ने योजनाका साथ काम गरिरहेको र आफूले अनुगमनका क्रममा पनि मुद्दा फछ्र्योट प्रभावकारी तरिकाले भएको पाएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu