ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लम्पी स्किनविरुद्ध पशुमा खोप लगाइँदै


एबीसी न्यूज
१ श्रावण २०८०, सोमबार   ९ : ३९   बजे

काठमाडौ साउन १ । पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध जिल्लामा धमाधम खोप कार्यक्रम सञ्चालन भएको छ । महामारी फैलिदासम्म खोप खरिदका लागि बजेट अभावले काम सुरु नभएकामा असार अन्तिम सातादेखि पशुमा खोप लगाउन सुरु गरिएको हो । पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको कास्कीमा सबै पालिकामा गरी हालसम्म १२ हजार आठ सय ५० गाई, भैँसी र गोरुलाई लम्पी स्किनको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले जनाएको छ ।

केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले सुरुआतमा बजेट अभावमा खोप खरिद गर्न नसकिएको बताए । उनले भने, “अन्य रोगको खोप कार्यक्रम सञ्चालन भए पनि लम्पीका लागि बजेट र खोपको व्यवस्था थिएन । असारको अन्तिम साता आएर बल्ल बजेट व्यवस्था भए पनि खोप खरीद गरेर खोप कार्यक्रम सुरु गरेका हौँ ।”महामारी फैलिँदै जाँदा कतिपय व्यावसायिक फार्महरुले आफैँले खोप किनेर समेत पशुमा लगाएका थिए । प्रदेश सरकारले लम्पी स्किनविरुद्धको खोपका लागि रु १० लाख बजेट जिल्लास्थित भेटेरिनरी अस्पतालमा पठाएको थियो ।

जिल्लामा हालसम्म १३ हजार तीन सय सात गाई गोरु र तीन सय ३१ भैँसी पशु लम्पी स्किनबाट सङ्क्रमित भएकामा चार सय २९ को गाई गोरुको मृत्यु भएको छ । भैँसी भने सङ्क्रमबाट मरेका छैनन् । पोखरा महानगरपालिकामा सबैभन्दा बढी पशु सङ्क्रमित छन् । पोखरामा १० हजार दुई सय ४२ गाई गोरु र दुई सय ७१ भैँसी सङ्क्रमित भएको केन्द्रका पशु विकास अधिकृत सहदेव पौडेलले जानकारी दिए ।माछापुच्छ«े गाउँपालिकामा एक सय ५० गाई गोरु र १२ भैँसी, अन्नपूर्णमा गाई दुई सय १९ र भैँसी सात, रुपामा एक हजार सात सय ८२ गाई र गोरु तथा एक भैँसी र मादीमा नौ सय १४ गाई र ४७ भैँसी लम्पीबाट सङ्क्रमित भएको कार्यालयले जनाएको छ ।

हालसम्म पोखरा महानगरमा छ हजार पाँच सय, माछापुच्छ«ेमा तीन हजार छ सय, अन्नपूर्णमा एक हजार चार सय ५० र रुपामा एक हजार तीन सय गाई, भैँसीमा खोप लगाइएको पौडेलले बताए। लम्पी स्किन गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गरेको पशु स्वास्थ्य प्राविधिकको भनाइ छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ ।रोगबाट सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

भोटेकोसी बाढीपछि जलमापन केन्द्र बगे, पूर्वसूचना प्रणाली प्रभावित

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu