ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१ साउनभन्दा अगाडि नै काटेका हवाई टिकटमा भ्याट नलाग्ने


एबीसी न्यूज
१ श्रावण २०८०, सोमबार   १२ : ५९   बजे

काठमाडौ साउन १ । सरकारले चालु आर्थिक वर्ष २०८०र८१ बाट हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर  भ्याट कार्यान्वयनमा ल्याएको छ ।१५ जेठमा आएको आर्थिक विधेयकले हवाई सेवामा भ्याट लगाएपछि त्यसको ३० दिन अर्थात् १२ असारभित्र कम्पनीहरु भ्याटमा दर्ता भइसक्नुपर्ने थियो । तर, हवाई सेवामा भ्याट नयाँ भएको र दर्ता प्रक्रियामा अलमल भएकाले १ साउनबाट यस क्षेत्रमा भ्याट अनिवार्य भएको आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।त्यसअनुसार १ साउनबाट टिकट काट्दा अनिवार्य भ्याट तिर्नुपर्ने तर त्यसअघि काटिएका टिकटमा भने भ्याट नलाग्ने मैनालीले जानकारी दिए । मूल्य अभिवृद्धि कर लागु हुनुभन्दा पहिला काटिएको हवाई टिकटमा लागू भएपछि यात्रा गर्दा पनि भ्याट असुल गरिने छैन ।

यद्यपि यस्तो यात्राको विवरण भने वायुसेवा कम्पनीहरुले आन्तरिक राजस्व विभाग मातहतका कर कार्यालयमा गराउनु पर्ने भएको छ ।बिक्री भएको हवाई टिकट रद्द भई यात्रुले फिर्ता पाउने अवस्थामा बिक्री फिर्ताको हिसाब देखाएर मिलान गर्न सकिनेसमेत विभागले जनाएको छ । भ्याट कार्यान्वयनपछि अधिकतम् ६ प्रतिशतसम्म भाडा महंगो हुने वायुसेवा कम्पनीहरुले जनाएका छन् ।विभागका अनुसार मूल्य अभिवृद्धि कर लाग्ने भएको वा कर लाग्ने कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको हकमा ३० दिन भित्र कारोबार दर्ता गरी कर संकलन सुरु गर्नुपर्ने प्रावधान छ ।विभागले ११ असारमै सूचना प्रकाशित गरी यसबारे वायुसेवा कम्पनीलाई जानकारी गराएको थियो । यसका लागि हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि करमा दर्ता हुन दरखास्त दिनुपर्छ ।

विदेशी हवाई यातायात सेवा प्रदायक समेत अब भ्याटमा दर्ता हुनु पर्नेछ । उनीहरुले सम्बन्धित निकायबाट जारी भएको सञ्चालन अनुमति पत्रको प्रतिलिपी समेत संलग्न गर्नुपर्ने विभागले जनाएको छ ।दर्ता हुँदाका बखत मौज्दातमा रहेको कर लाग्ने कारोबारमा प्रयोग हुने वस्तुमा तिरेको कर वा तिर्नुपर्ने कर दर्ता हुनु भन्दा एक वर्ष अघिसम्मको कर कट्टी गर्न पाउने समेत विभागले जनाएको छ । यस्तो कर कट्टी दाबी गर्न दर्ता भएको १५ दिनभित्र निवेदन दिनुपर्छ ।विभागका अनुसार हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि कर  मूअक बाहेकको कर लाग्ने मूल्यमा बीजक जारी गर्नुपर्ने भएको छ ।

ट्राभल एजेन्सीले खरीद गरेको टिकटमा आफ्नो मुनाफा वा कमिसन जोडी हुन आउने मूल्यमा मूअक जारी गर्नुपर्ने भएको छ । हवाई सेवा प्रदायकले उपभोक्ता मूल्यमा टिकट जारी गरेको अवस्थामा समेत ट्राभल एजेन्सीले समेत सोही मूल्यमा बीजक जारी गर्नुपर्ने विभागको भनाइ छ । आन्तरिक हवाई सेवा प्रदायकले प्रदान गर्ने सेवाको हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात सेवाको हकमा नेपालबाट प्रस्थान गर्ने यात्रुको टिकटमा उल्लेखित गन्तव्यसम्मको मात्र टिकटमा भ्याट लाग्ने भ्एको छ । यस्तो उडानको टिकट नेपाल भित्र वा नेपाल बाहिर जहाँबाट जुनसुकै माध्यम ९अनलाइन०बाट जारी गरेको वा खरीद गरेको भए पनि एयरलाइन्सले भ्याट लगाउनु पर्ने समेत विभागले स्पष्ट पारेको छ ।दुबै तर्फको टिकट जारी गर्दा भने विदेशबाट नेपाल आउँदाको हवाई टिकटमा मूअक संकलन गर्नु नपर्ने विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

भोटेकोसी बाढीपछि जलमापन केन्द्र बगे, पूर्वसूचना प्रणाली प्रभावित

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu