ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमालय एअरलाइन्स र अर्थोपेडिक अस्पतालबीच सहकार्य


एबीसी न्यूज
१ श्रावण २०८०, सोमबार   ३ : ५२   बजे
काठमाडौं,१ साउन । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्स र नेपाल अर्थोपेडिक अस्पतालबीच सहकार्य गरिने भएको छ । हिमालयले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालसँग सहकार्य गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ ।
एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले आज नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीलाई दुई टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गर्नुभएको हो । स
अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ । उक्त वार्डमा आवश्यकताका आधारमा आर्थिक अवस्था कमजोर भएका बिरामीले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउने अस्पतालले जनाएको छ ।
अस्पताल परिसरमा आयोजित हस्तान्तरण कार्यक्रमपछि एयरलाइन्सका अध्यक्ष एन्योङ्गले एयरलाइन्सले उडान क्षेत्रमा मात्रै नभई सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि सहयोग गर्ने बताउनुभयो । उहाँले समाजप्रतिको जिम्मेवारी पूरा गर्नका लागि सहयोग गरिएको बताउँदै यस सहयोगबाट अस्पतालले थप गुणस्तरीय सेवा प्रदान गर्न मद्दत मिल्ने धारणा राख्नुभयो ।
अध्यक्ष एन्योङ्गले अहिलेको सहयोगले आवश्यकता परेका बिरामीको उपचारमा सहज हुने बताउनुभयो । उहाँले नेपाल अपाङ्ग सङ्घका पदाधिकारीद्वारा हेरचाह गरिने बालबालिकाका लागि अनाथ आश्रमका लागि पनि सहयोग गर्ने बताउनुभयो । उहाँले एअरलाइन्सको इन्फ्लाइट पत्रिकाको नाफाबाट आउने केही अंश सामाजिक उत्तरदायित्वका लागि योगदान गर्ने प्रतिबद्धता जनाउनुभयो । निर्देशक डा कैलाशकुमार भण्डारीले हिमालयकोतर्फबाट भएको मानवीय  र उद्धार कार्यको प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

भोटेकोसी बाढीपछि जलमापन केन्द्र बगे, पूर्वसूचना प्रणाली प्रभावित

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu