ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा लक्षित शंकर पोखरेलको टिप्पणी : नयाँ दल आएपछि विदेशीनेको संख्या झन् बढ्यो


एबीसी न्यूज
२ श्रावण २०८०, मंगलबार   ११ : ३३   बजे

काठमाडौं, २ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल आएपछि विदेशीले नेपालीको संख्या झन् बढेको बताएका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले विदेश जान रोक्छु भन्ने दल आएपछि झन् विदेश जानेको संख्या बढेको बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ लक्षित गर्दै उनले यस्तो बताएका हुन्। साथै उनले एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्ने बताए।

‘नेकपा एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ। तर तथ्यहिन रूपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो। विदेशमा गएकाहरूलाई देश फर्काउँछौ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए। तर उनीहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि नै विदेशीनेको संख्या झन्बढ्यो। के यसको जिम्मेवारी नेकपा एमालेले नै लिनुपर्ने हो र ?,’ उनले प्रश्न छ।

महासचिव पोखरेलले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेण्डाका आधारमा ठीक र वेठिक छुट्याउने गरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुने उल्लेख गरेका छन्

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu