ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब म युरोपियन फुटबलमा फर्किने सम्भावना छैन : रोनाल्डो


एबीसी न्यूज
२ श्रावण २०८०, मंगलबार   ३ : ३४   बजे

काठमाडौ साउन २ । फुटबलर क्रिस्टियानो रोनाल्डोले आफू युरोपियन फुटबलमा फर्कने सम्भावना नरहेको बताएका छन् । इएसपीएनसँग कुरा गर्दै उनले आफू साउदी प्रो लिगलाई विश्वको उत्कृष्ट प्रतिस्पर्धा बनाउन प्रतिबद्ध रहेको बताए ।‘म ३८ वर्षको भइसकेँ । मलाई पूर्ण विश्वास छ कि म अब कुनैपनि युरोपियन क्लबमा आवद्ध हुन्न’, उनले भने । रोनाल्डोले युरोपेली लिगहरुले राम्रा खेलाडी गुमाउँदै गएको पनि बताएका छन् ।युरोपियन फुटबलले धेरै राम्रा खेलाडी गुमाएको छ ।

हालसम्म पनि राम्रो प्रदर्शन गरिरहेको र आकर्षक रहेको भनेको प्रिमियर लिग मात्रै हो । यो अन्य लिगभन्दा धेरै राम्रो छ’, रोनाल्डोले भने ।उनले अर्जेन्टिनी फुटबलर लियोनेल मेसीको इन्टर मियामीमा आवद्धताबारे पनि टिप्पणी गरेका छन् । साउदी अरेबियाको टुरिजम एम्बेसडर बन्न तयार भएपनि मेसीले व्यवसायिक फुटबलका लागि भने अमेरिका रोजे । अल हिलालको प्रस्तावलाई छाडेर ३६ वर्षे अर्जेन्टिनी कप्तान इन्टर मियामीमा आवद्ध भएका थिए । रोनाल्डोले इन्टर मियामी भन्दा साउदी क्लब उत्कृष्ट भएको पनि दाबी गरेका छन् ।साउदी लिग एमएलएस भन्दा साउदी लिग उत्कृष्ट छ ।

मैले साउदीका लागि बाटो खोलेँ, अहिले धेरै खेलाडी आइरहेका छन् । एक वर्षपछि अझै आउनेछन्’ रोनाल्डोले भने ।साउदी क्लबहरुले अहिले विश्वस्तरीय खेलाडीहरुलाई आकर्षित गरिरहेका छन् । रोनाल्डो जनवरीमा अल नासर आबद्ध भएका थिए । बालोन डि ओर विजेता करिम बेन्जेमा पनि गत जुन महिनामा अल इत्तिहादमा आबद्ध भएका छन् ।

रुवेन नेभिस बार्सिलोना छाडेर अल हिलालमा आबद्ध भएका छन् । एनगोलो कान्टे पनि बेन्जेमासँगै अल इत्तिहादमा जोडिएका छन् ।युरोपका लिगमा उत्कृष्ट प्रदर्शन गरेका र उमेर ढल्किदै गएका खेलाडीलाई साउदी क्लबहरुले प्राथमिकतामा राखेका छन् । रोनाल्डोको आगमनसँगै साउदीको लिगमा अन्य खेलाडीको पनि चासो भने बढेको छ । प्रि सिजनमा अल नासर सेल्टा भिगोको बी टोलीसँग ५–० ले पराजित भएको छ । त्यसले साउदीको स्तरमा पनि प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu