ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावमा अन्तरघात २१ सय भन्दा कांग्रेसमा उजुरी


ABC NEWS
२ श्रावण २०८०, मंगलबार   ५ : २६   बजे

काठमाडौँ २ साउन । नेपाली कांग्रेसमा गत निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गर्ने दुई हजार एक सय नेता कार्यकर्ताविरुद्ध उजुरी परेको छ । निर्वाचनका बेला पार्टीले गरेको निर्णय नमान्ने, पार्टीले उठाएका उम्मेदवारविरुद्ध खडा हुने र पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका खेल्ने नेता कार्यकर्ताविरुद्ध विभिन्न ४६ जिल्लाबाट उजुरी परेको छ ।

केन्द्रीय कार्यालयले निर्वाचनमा पार्टी हित विपरीत कार्य गर्नेविरुद्ध उजुरी आह्वान गरेकोमा ४६ जिल्लाबाट २ हजार १ सय नेताविरुद्ध उजुरी परेको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले बताए ।

अनुशासन समितिले प्रतिवेदनमाथि मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुँदैछ । देशभरिबाट परेका उजुरीमाथि विस्तृत प्रतिवेदन तयार गरी केन्द्रीय समितिलाई हस्तान्तरण गर्न लागेको संयोजक ढुंगानाले बताए ।

‘विधानमा पार्टी हितविपरीत गर्नेलाई कारबाही गर्ने व्यवस्था छ । हामीले विधानसम्मत काम अघि बढाएका छौं । तर त्यसबारे छानबिन भइसकेको छैन,’ उनले भने, ‘अब केन्द्रीय समितिले जे निर्णय गर्छ, त्यही हुन्छ ।’

यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा आयोजना गरेको जिल्ला सभापतिहरुको भेलामा अधिकांश जिल्ला सभापतिहरुले जिल्लाबाट कारबाहीका लागि भएका सिफारिसलाई तत्काल कारबाही गरी टुंगोमा पुर्‍याउनुपर्ने माग गरेका थिए । तर त्यसरी परेका उजुरीमध्ये कतिपय जिल्ला सभापतिहरु विरुद्ध समेत छन् । पार्टीका केन्द्रीय सदस्य र सांसदहरुविरुद्ध समेत उजुरीहरु रहेको अनुशासन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीले त्रिशूली बजारलाई छिनभरमै बगर बनायो

रसुवा बाढी: कांग्रेसले विपद् व्यवस्थापन समिति गठन, राहत कोष स्थापना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu