काठमाडौँ २ साउन । नेपाली कांग्रेसको मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले पार्टी सदृढीकरण गर्ने बारेको प्रतिवेदन पेश गरेका छन् । थापाले ‘विधान कार्यान्वयन र पार्टीको सुदृढीकरण सन्दर्भमा’ बैठकमा सांगठनिक कार्यतालिकासहितको प्रतिवेदन पेश गरेका हुन् ।
थापाको प्रतिवेदनमा केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा दोस्रो महिनाको पहिलो हप्ता बस्ने प्रस्ताव गरिएको छ । यस्तै वर्षमा न्यूनतम दुई बैठक काठमाडौँ उपत्यकाबाहिर बस्ने प्रस्ताव गरिएको छ ।
यसैगरी भदौ १५ गतेसम्म सबै विभागको गठन र पूर्णता दिने प्रस्ताव पनि गरिएको छ ।
विभिन्न ६ वटा भ्रातृ संघहरुको तदर्थ समिति भदौ १५ गतेभित्र गठन गरिसक्ने प्रस्ताव पनि थापाको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै नीति महाधिवेशन, सदस्यता, अभियान, कार्यालय व्यवस्थापनलगायतका विषय पनि थापाको प्रतिवेदन प्रस्ताव गरिएको छ।
विधान कार्यान्वयन र पार्टीको सुदृढीकरणबारे महामन्त्रीको प्रतिवेदन
प्रतिक्रिया दिनुहोस्