ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन


एबीसी न्यूज
३ श्रावण २०८०, बुधबार   ८ : ००   बजे

काठमाडौ साउन ३ । कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९÷८० मा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन । दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ । कैलाली भन्सार कार्यालयलाई गएको आर्थिक वर्ष २०७९÷०८० मा भन्सार विभागले रु १२ अर्ब ३० करोड ६६ लाख, ७८ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियो तर राजस्व भने रु आठ अर्ब २९ करोड ६३ लाख मात्र राजस्व उठेको छ । यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए ।

“लक्ष्यअनुसार राजस्व उठन् सकेन”, खड्काले भने, “विगतका वर्षलाई हेर्दा राजस्व कम सङ्कलन भएको छ ।”बैंक तथा वित्तीय संस्थामा देखिएको समस्याका कारण व्यापारिक वातावरण नहुँदा भन्सारबाट आउने र जाने सामानमा कमी भएकाले पछिल्लो समय राजस्व उठ्ने क्रम खस्केको सूचना अधिकारी खड्काले बताए । यता टीकापुर नगरपालिकाको सीमामा रहेको सत्ती भन्सार कार्यालय खक्रौलाबाट पनि लक्ष्यअनुसार राजस्व उठ्न सकेन ।

भन्सार विभागले सत्ती भन्सारलाई आव २०७९÷०८० मा रु १६ करोड ९४ लाख, ४२ हजार राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकोे थियो । सत्ती भन्सारले रु सात करोड, ३८ लाख, ८९ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ४४ प्रतिशत मात्र भएको सत्ती भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरीले बताए। “आर्थिकमन्दी, भन्सार कार्यालयमा क्वारेन्टाइन र प्लान्ट कार्यालय नहुनु पनि कारण हो”, चौधरी भन्छन, “सत्ती भन्सार कार्यालय खक्रौला भएर आउने भारततर्फको सडक राम्रो नभएकाले पनि भन्सारबाट लक्ष्यअनुसारको राजस्व नउठेको हो ।”

कैलालीका भन्सार कार्यालयबाट आयातबाट मात्र राजस्व उठ्ने गर्छ । यी भन्सार भएर पेट्रोलियम पदार्थ, कपडा, मोटर पार्टस, हार्डवेयरका सामान, चामल, गहु“, पापड भुजिया, दालमोठ बिस्कुट, आलुजस्ता खाद्य बस्तुको आयात धेरै हुने गरेको छ तर निर्यात भने न्यून मात्रामा हुने गरेको र त्यसबाट नगन्य मात्रामा मात्र राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।यता, कैलालीको सत्तीमा क्वारेन्टाइन स्थापना हुनुपर्ने भन्दै स्थानीयले दबाब दिँदै आएका छन् ।

सत्ती भन्सारमा रहेको क्वारेन्टाइन सशस्त्र द्वन्द्वका बेला विस्थापित भएको थियो । “त्यो बेला विस्थापित भएका धेरै कार्यालय खुले तर क्वारेन्टाइन पुर्नस्थापना हुन सकेन”, स्थानीय सङ्गम चौधरी भन्नुहुन्छ, “क्वारेन्टाइन नभएका कारण पनि भन्सारले गति लिन सकेन, यहाँका व्यापारीलाई समेत दुःख भएको छ ।”क्वारेन्टाइन स्थापनाको माग गर्दै उद्योग वाणिज्य सङ्घले गत महिना यहाँ दबाबमूलक कार्यक्रमसमेत सुरु गरेको थियो । क्वारेन्टाइन नभएकै कारण परीक्षण गरेर ल्याउनुपर्ने सामान यहाँका व्यापारीले नेपालगञ्ज वा धनगढी भएर ल्याउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group