ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुर भन्सारः लक्ष्यको ७१ प्रतिशत राजस्व सङ्कलन


एबीसी न्यूज
३ श्रावण २०८०, बुधबार   १२ : ४५   बजे

काठमाडौ साउन ३ ।  मन्दी र आयात घटेका कारण कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । गत आर्थिक वर्ष २०७९÷८० मा भन्सार कार्यालयले वार्षिक रु ५८ करोड ९० लाख राजस्व सङ्कलनको लक्ष्य लिएको भए पनि रु ४२ करोड १० लाख मात्रै सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।
कञ्चनपुर भन्सार कार्यालय गड्डचौकीका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माले वार्षिक लक्ष्यको ७१।४ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिए ।

“आयातमुखी भन्सार भए पनि यहाँ आयात नै घटेकाले राजस्व सङ्कलनमा कमी आएको हो”, उहाँले भन्नुभयो, “मुलुकमा रहेको आर्थिक तरलताको असर पनि राजस्व सङ्कलनमा परेको छ ।”उनले अघिल्लो आवमा पनि रु ६ करोड राजस्व सङ्कलन लक्ष्यभन्दा कम भएको बताउनुभयो ।अघिल्लो वर्ष भन्सारले रु ५२ करोड ७७ लाख राजस्व सङ्कलन गर्नुपर्नेमा रु ४६ करोड २२ लाख सङ्कलन गरेको थियो ।गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विद्युतीय सामग्री, फलफूल र तरकारी लगायतका सामग्रीहरु भारतबाट आयात हुने गरेको छ । महाकाली नदीमा रहेको शारदा ब्यारेक ९बनबासा पुल० सीमित समय खुल्ने गरेको र ठूला चारपाङ्ग्रे सवारीसाधन पुलमा आवागमनमा समस्या भएकाले यहाँबाट अन्यत्रजस्तो ठूलो परिणाममा आयात नहुने गरेको भन्सार कार्यालयको भनाइ छ ।

यहाँ प्रस्तावित दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण भए यहाँ आर्थिक गतिविधिसमेत बढ्ने आशा गरिएको छ ।बेलौरी छोटी भन्सारमा भने तालाबन्दी कैलाली भन्सार कार्यालय मातहत रहेको कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाको बेलौरी छोटी भन्सार प्रयोगविहीन भए पनि स्थानीयवासी आन्दोलित छन् ।

छोटी भन्सार कर्मचारीविहीन, मर्मतसम्भारविहीन बनेपछि बेलौरी उद्योग वाणिज्य सङ्घ र स्थानीय व्यापारी त्यसको विरोधमा तालाबन्दी गरेका छन् । कैलाली भन्सारको चरम लापरबाही बेवास्ताले बेलौरी छोटी भन्सार ओझेलमा परेको आन्दोलतर पक्षको भनाइ छ ।विसं १९१७ अर्थात् एक सय ६३ वर्षपहिले कैलाली कञ्चनपुरको मुख्य भन्सारका रूपमा स्थापित बेलौरी भन्सार सदरमुकाम विस्थापित गराएको केही वर्षपछि कञ्चनपुर भन्सारअन्तर्गत छोटी भन्सारमा परिणत भई सञ्चालनमा रहँदा राजस्व सङ्कलनसमेत राम्रै हुने गरेको थियो ।केही वर्षयता प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको छोटी भन्सार सञ्चालनका लागि मन्त्रीदेखि नेतासम्मले आश्वासन दिए पनि त्यो अझै पूरा हुन सकेको छैन ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group