ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल तीन विकेटले विजयी, कुशल भुर्तेलको अलराउण्डर प्रदर्शन


एबीसी न्यूज
३ श्रावण २०८०, बुधबार   ३ : ५९   बजे

 

काठमाडौँ ३ साउन । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले तीन विकेटले विजयी भएको छ ।

नेपालले प्रतियोगितामा सान्त्वना जित हात पारेको हो ।
युएईले दिएको १५८ रनको सामान्य लक्ष्य नेपालले ७ विकेटको क्षतिमा २३ औं ओभरमा पूरा गर्यो।

नेपालको जितमा कुशल भुर्तेलले अलराउन्डर प्रदर्शन गरे। बलिङतर्फ ६ विकेट लिएका कुशलले नेपालका तर्फबाट सर्वाधिक ७१ रन समेत जोडे।

यसअघि भारत ए सँग ९ विकेटले पराजित भएको नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएसँगै अघिल्लो चरणको सम्भावना सकिएको थियो। यो समूहमा नेपालसँग पराजित भएसँगै यूएई भने जितविहीन हुँदै घर फर्किएको छ।

४३ बलको सामना गरेका कुशलले ९ चौका र ४ छक्काको मद्दतमा ७१ रनको पारि खेले। ३८ बलको सामना गरेका देव खनालले ४ चौकाको मद्दतमा २४ रन जोड्दा सन्दीप जोर पनि २४ रनमै आउट भए।

सन्दीपले १५ बलको सामना गर्दा १ चौका र २ छक्का प्रहार गरे। गुल्सन झाले ११ रन जोड्दा कप्तान रोहित पौडेल ९ रनमै आउट भए। ओपनर अर्जुन साउद गोल्डेन डकआउट हुँदा पवन शर्राफ पनि शून्यमै पेबेलियन फर्किए।

कुशल मल्ल २ नटआउट रहँदा प्रतिश जिसी ८ रनमा अविजित रहे।

युएईका लागि मुहम्मद फराजुदिनले ५ विकेट र मुहम्मद जावदुल्लाहले २ विकेट लिए।

त्यसअघि कोलोम्बोस्थित पि सारा ओभलमा यूएई ‘ए’ले टस जितेर ब्याटिङ गर्दै ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो।

यूएईका लागि ओपनर भप्रित सिंहले ८२ बलमा ५२ रनको सर्वाधिक पारी खेले। अन्य कुनै पनि खेलाडीको प्रदर्शन सम्झनलायक रहेन।

कुशल भुर्तेलले यूएईका तेस्रोक्रमदेखि आठौं क्रमका खेलाडीहरुलाई लगातार ओभरमा पबेलियन फर्काए। उनले इथान डिसुजालाई २३।६ ओभरमा २५ बलमा १८ रन बनाएको अवस्थामा एलबीडब्लुमा पारे।

त्यसपछि ओपनर लभप्रित सिंहलाई ८२ बलमा ५२ रन बनाएको अवस्थामा २५.५ ओभरमा आउट गराए।

उनले आश्वान्थ भलथापालाई ३३.३ ओभरमा ३२ बलमा १६ रन बनाउँदा आउट गराए। त्सैगरी फहाद नवाजलाई पनि कुशलले २७।५ ओभरमा ६ बलमा ४ रन बनाउँदा क्रिजबाट हटाए।

कुशलले नै कप्तान अलि नासिरलाई २९.४ ओभरमा ५ बलमा १ रन जोड्दा पबेलियन फर्काए।

त्यसैगरी उनैले मोहम्मद फहराउद्धिनलाई १२ बलमा ४ रन बनाउँदा फिर्ता पठाए।

नेपालका लागि श्याम मौसम ढकालले २, पवन सर्राफ र कुशल मल्लले १र१ विकेट लिन सफल भए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu