ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलबलसहित विमानस्थल निरीक्षणमा गृहमन्त्री श्रेष्ठ


एबीसी न्यूज
५ श्रावण २०८०, शुक्रबार   १२ : २१   बजे

काठमाडौं, ५ साउन । बुधबार अपरान्ह हवाई मार्ग हुँदै भित्रिएको १०० केजी सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार बिहान त्रिभुवन विमानस्थल पुगेका छन्।

नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर महानगरीय प्रहरी कार्यालय प्रमुख एआईजीपी श्यामलाल ज्ञवालीसहित गृहमन्त्री श्रेष्ठ विमानस्थल छिरेका हुन्।उनी दलबलसहित विमानस्थल भन्सार र अन्तर्राष्ट्रिय आगमन क्षेत्रमासमेत पुगेर अनुगमनमा जुटेका हुन्।

ठूलो टोलीसहित पुगेका गृहमन्त्री श्रेष्ठ भन्सार विभागका उपसचिव नारद गौतमले ब्रिफिङ गरेका छन्। उनले सामान जाँचपास हुने क्षेत्र र जाँचपासको विधिसहित विषयमा ब्रिफिङ गरेका हुन्। करिब एक अर्ब रुपैयाँको सुन बरामद भएपछि उपप्रम श्रेष्ठले बिहीबार भन्सार विभागका महानिर्देशक शोभकान्त पौडेलसँग सोधपुछ गरेका थिए।

उनले विमानस्थल सुरक्षाको विषयलाई लिएर वर्तमान पूर्व प्रहरी अधिकारीहरुसँग पनि छलफल गरेका थिए। अर्थ र गृहमन्त्रालय मातहतको विमानस्थलबाट एक क्विन्टल अवैध सुन भित्रिएको विषयमा श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतको आलोचना भइरहेको छ।

करिब सय केजी सुन राजश्व अनुसन्धान विभागले बरामद गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महत्त्वपूर्ण कार्यालयका प्रमुखहरू भने बिदामा रहेको भेटिएको थियो। विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव अरुण पोखरेल असार १७ गतेदेखि नै बिदामा रहेको भेटिएको थियो। भन्सार विभागका अनुसार उनले दुई महिना लामो बिदा लिएका थिए।

असार १७ गते देखि बिदा लिएका पोखरेलले भदौ १७ गते सम्मको लागि बिदा स्वीकृत गराएका थिए।  यस्तै, विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख अर्जुन चन्द ठकुरी पनि मंगलबारदेखि नै बिदामा रहेको पाइएको थियो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा उनले एकसाता लामो बिदा लिएका थिए। उनी बिदा बसेको भोलिपल्ट एक अर्बको अवैध सुन भित्रिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group