ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘परिआएमा हामी छौं’ भन्ने उच्च तहको आश्वासनबिना ती कर्मचारीहरूले यति ठुलो जोखिम लिएनन् ? (भिडियो)


एबीसी न्यूज
७ श्रावण २०८०, आइतबार   ८ : ४१   बजे

देशको सवैभन्दा संवेदनशील क्षेत्र नै एयरपोर्टलाई मानिन्छ । तस्करीका हिसाबले मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको ज्यानको सुरक्षा, विश्व आतंकवाद, लागूऔषध, माफियागिरी लगायतका कारणले पनि अति संवेदनशील ठाउँ हो, एयरपोर्ट । त्यही भएर सिंगो बटालियन सुरक्षाकर्मी तैनाथ गरिन्छन् । अध्यागमन, राष्ट्रिय अनुसन्धान, प्रहरी प्रशासन, भन्सार, राजस्व अनुसन्धान लगायतका थुप्रै निकाय भन्सार चेकजाँच प्रक्रियामा चौबीसै घण्टा खटिएका हुन्छन् । एअरपोर्टजस्तो संवेदनशील ठाउँबाट एकाध ग्राम होइन, सय केजी सुन दिनदहाडै ‘सबै प्रक्रिया पूरा गरेर’ बाहिर निस्कन्छ भने त्यो मुलुकको कर्मचारी प्रशासन र सरकारले होइन, कुनै माफिया र तस्करले सञ्चालन गरेको छैन कसरी भन्न सकिन्छ ? कुनै बेला अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती छिराइदिन सक्छु भनेका थिए । त्यसको अर्थ हो एयरपोर्टमा कार्यरत सकल दर्जाका कर्मचारीगण, सुरक्षा यन्त्र पैसामा बिक्छन्, पैसा पाएपछि उनीहरू आफ्नो धर्म, नैतिकता, मुलुकप्रतिको कर्तव्य सबैलाई तिलाञ्जलि दिन पछि हट्दैनन् ।

शोभराजले भन्नु र सुन प्रकरणहरू हिन्दी सिरियल जसरी नै बाहिर आउनु कदाचित् संयोग हुन सक्दैन । यो नियोजित नै हो भन्न सकिन्छ । सय किलो सुन आउँदैछ भनेर पहिले नै जानकारी भएकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीलगायत सुरक्षा निकायलाई जानकारी थियो र नै पक्रियो। शरीरको पेटभित्रको आन्द्रामा क्याप्सुल बनाइ ल्याउने डलर, लागूऔषध एक्स रे मेसिनबाट थाहा हुन्छ । सुनलाई अरु जुनसुकै वस्तु वा पदार्थले लेपन गरे पनि त्यो थाहा हुन्छ । थाहा नहुने भन्ने प्रश्न नै हुँदैन । थाहा पाइएन भन्न पनि पाइँदैन । अब प्रश्न आउँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपसचिव तहका भन्सार प्रमुख, थुप्रै शाखा अधिकृत, नासु र खरिदारहरूलाई सबैको आँखा एक साथ त छलिएन होला ?विदेशबाट आउँदा एउटा अतिरिक्त मोबाइल फोन नछाड्ने भन्सारले त्यति धेरै परिमाणको सुनलाई मोटर साइकलको पाट्र्स भन्दै छाड्नुको रहस्य तलदेखि माथिसम्मको सेटिङ रहेको मान्न सकिन्छ । एक अर्ब भन्दा बढीको सुन तस्करी एउटा उपसचिव वा एउटा अधिकृत वा नासु वा भनौं खरिदारको मुटुले मात्र धान्न सक्ने विषय होइन ।

यी कर्मचारीलाई माथिबाट राजनीतिक संरक्षण वा ढाडसबिना यिनीहरूले यति धेरै ठूलो जोखिम पक्कै पनि लिएनन् होला ? ‘परिआएमा हामी छौं’ भन्ने उच्च तहको आश्वासनबिना ती कर्मचारीहरूलाई दशाले कुतकुत्याएन होला ? र काठमाडौंका अधिकांश धनाढ्य र पैसावाल व्यापारीहरूको लघु इतिहास हेर्ने हो भने एयरपोर्टबाट सुन तस्करी नै उनीहरूको आर्थिक सफलताको भ¥याङ थियो । दरबारसँगको साँठगाँठमा आउने सुन दरबारलाई पनि भागबण्डामा सामेल गरेपछि सुनपानी छर्केसरह ‘पवित्र’ हुन्थ्यो । अहिले बहुदलका केही ठूला भनिएका नेताहरू पनि सुनकाण्डमा मुछिएकै हुन् । त्यही सुन तस्करी गरेर उनीहरूको आर्थिक र राजनीतिक हैसियत बढेको हो, सबैले बिर्सेका छैनन् । यहाँ मौका नपाउँदा मात्रै सबै नेता, मन्त्री, सचिव, महानिर्देशक, हाकिम ‘चोखा र इमान्दार’, मौका पाएपछि सवैको नियत उही हो । विगतमा प्रक्राउ गरिएको ३३ किलो सुनको मुख्य नाइके खोई ?त्यतिमात्र होइन ३३ किलो सुन नै हरायो भन्ने नाटक भएको देश पनि नेपाल नै होइन र ? पक्राउ पर्छन् एजेन्ट र भरिया, त्यसका मालिक जहिल्यै गोप्य राख्ने ? कहिलेसम्म देश लुटिरहने ? पछिल्लोपटक नक्कली भुटानी शरणार्थी प्रकरणबाहेक सुन तस्करीमा राजनीतिक नेतृत्व संलग्न भएको पुष्टि प्रहरी र राजस्व अनुसन्धान विभागले गर्न सकेको अवस्था छैन। तर पनि विभिन्न समयमा बनेका आयोग र प्रतिवेदनमा भने राजनीतिक दल निकट नेता कार्यकर्ता सुन तस्करीमा संलग्न रहेको तथ्य कायमै छ । पछिल्लोपटक तस्करले हङकङबाट काठमाडौं सुन ल्याए पनि यसमा कोको संलग्न छन् भन्ने कुरा विगतको जस्तै छानविन एक चरणमा पुगेपछि रोकिने त हैन भन्ने आम रुपमा प्रश्न उठेको छ । नेपालमा दैनिकजसो सुन तस्करी हुने गरे पनि राजनीतिको बलियो जलप लगाइँदा हत्तपत्त बरामद हुँदैन । बरामद भएको सार्वजनिक भइहाले पनि भरिया समातिन्छन् तर मुख्य खेलाडी पर्दाबाहिरै हुन्छन् ।

पछिल्लोपटक भारत लैजाने तयारीमा रहेको करिब सय किलो सुन बुधबार काठमाडौंको सिनामंगलबाट बरामद भए पनि राजनीतिको जलप लगाइएका कारण यसका वास्तविक खेलाडी पत्ता लाग्ने बारे जनतालाई विश्वास छैन । वहालावाल गृहमन्त्री र अर्थमन्त्रीले के गरेका छन् ? के यिनीहरुको जानकारी विना यति ठूलो तस्करी सम्भव छ भन्ने बारेमा जनताले प्रश्न गरिरहेका छन् । बारम्बार ठूलो परिणाममा तस्करीका सुन बरामद भइरहन्छन् । किनकि, यूएई, हङकङ वा सिंगापुरबाट नेपाल हुँदै भारतमा सुन पु¥याउन सकिएमा धेरै नाफा हुन्छ ।

त्यसैले, तस्करले यो काम गरिरहेको विभिन्न रिर्पाेटले देखाउँछ । अरू देशबाट सुन किनेर भारतमा लैजाँदा १८ प्रतिशतसम्म कर तिर्नुपर्छ । १५ प्रतिशत आयात शुल्क र ३ प्रतिशत आईजीएसटी –१८ प्रतिशत) शुल्क तिर्नुपर्दा महँगो पर्न जान्छ । त्यसैले, बढी नाफा कमाउने उद्देश्यले तस्करले भन्सार छलेर सुन भित्र्याउंछन् भन्ने सामान्य कुरा हो । भारतमा धेरैजसो यूएई, हङकङ र सिंगापुरबाट सुन तस्करी गरेर लगिन्छ । ट्रान्जिटको रूपमा नेपाल र बङ्गलादेश प्रयोग हुँदै आएका छन् । यूएई लगायतका केही देशमा सुनको खरिद जति पनि गर्न र संसारमा जहाँ पनि लैजान छुट छ । त्यहाँ कर नलाग्ने भएकाले सुन सस्तो पनि छ । र, यही कारण त्यहाँबाट तस्करले सुन किनेर नेपाल हुँदै भारत लैजाने गरिएको पटक पटकका प्रहरी अनुसन्धानले नै देखाएको छ ।

मुलुकमा बारम्बार दोहोरिइरहने यस्ता घटनाले मुलुकमा आपराधिक समूहको सक्रियता बढेको प्रष्टै हुन्छ । यसले सुन तस्करीको चुनौती झन्झन् बढिरहेको प्रष्ट हुन्छ । यदी यस्ता समुह र त्यसमा संलग्नको पहिचान गरी कारवाही गर्न नसके नेपाल आपराधिक गिरोह र तस्करको स्वर्ग बन्ने खतरा भएकोले पनि यस घटनाबाट यो सन्देश लिदै आफ्ना संयन्त्रहरुलाई जिम्मेवार रुपमा सञ्चालन गर्नुपनि उत्तिकै जरुरी छ । जहांसम्म तस्करहरुको कुरा हो, पक्राउ परेका सुनका वास्तविक मालिकहरुको पहिचान नहुनु र भरियाहरुमात्र कारवाहीमा पर्नु आफैमा आश्चर्यको विषय हो ।

यति धेरै परिमाणका अबैध सुन सामान्य व्यक्ति वा सानो कारोबारीले खरिद गरी ल्याउनै सक्दैन । त्यसमा पनि सबैतिर सेटिङ मिलाउने र सुरक्षित रुपमा प्राप्त गर्न सक्ने कुराको प्रबन्ध मिलाउनुपनि सहजै सम्भव विषय होइन । पैसाको चांजोपांजो कसरी मिल्छ ? यो सम्पत्ति शुद्धीकरण निवारणसंग पनि सम्बन्धित विषय हो । यसैले पक्राउ परेका भरिया र सहयोगीहरुसंग राम्ररी सोधपुछ गर्ने हो भने मुख्य अपराधीसम्म पुग्न कुनै कठिन हुनेछैन । कमजोर र अस्थिर शासन व्यव्स्थाको लाभ आपारधिक तत्वले लिने प्रयास गर्छन् नै । यसैले राज्यले यस विषयलाई गम्भीर रुपमा लिनुपर्छ भने हाम्रा सुरक्षा संयन्त्रको विशेष सक्रियता आवश्यक छ । आशा गरौं राज्यलाई नै चुनौती दिनेगरी भएको यो घटनालाई राज्य र सम्बन्धित निकायले गम्भीर रुपमा लिनेछन् । यसको अनुसन्धान गम्भीरतासाथ हुनेछ र सुन तस्करीमा संलग्न गिरोहहरुको पर्दाफास हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group