ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्षेत्रीय कारागार सञ्चालन गर्न माग


एबीसी न्यूज
८ श्रावण २०८०, सोमबार   १ : ३५   बजे

काठमाडौं, ८ साउन । बाँकेमा ठूला कारागार सञ्चालनमा नआउँदा कैदीबन्दीले सास्ती खेप्नुपरेको छ । जिल्लाका दुई ठूला कारागार सञ्चालनको प्रक्रियामा टुङ्गो नलाग्दा कैदीबन्दीलाई यसको प्रत्यक्ष असर परेको छ ।

अधिकारकर्मी प्रभातसिंह ठकुरीका अनुसार जीर्ण अवस्थामा रहेको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुले सास्ती भोग्नुपरेको छ । “जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिदा उनीहरुलाई सास्ती भोग्नु परिरहेको छ । यसका साथै उनीहरुलाई आधारभूत मानवअधिकार उपभोगमा समेत समस्या परिरहेको छ”, उहाँले भन्नुभयो, “छ वर्ष अगाडि जानकीको गनापुरमा भौतिक संरचना निर्माण गरिएको खुला कारागारसमेत अहिलेसम्म सञ्चालनमा आउन नसक्नु कैदीबन्दीका लागि निकै दुःखको कुरा हो ।”

त्यस्तै अधिवक्ता वसन्त गौतमले सरकारी अधिकारीबाट बेलाबखतमा क्षेत्रीय कारागार छिट्टै सञ्चालनमा आउने बताए पनि सञ्चालनमा आउन नसकेकै कारण कैदीबन्दीलाई सास्ती खेप्नुपरेको बताउनुभयो । उहाँले सुरक्षा ब्यारेक, कर्मचारी व्यवस्थापन, स्रोत साधनको व्यवस्थापन भई नसकेको क्षेत्रीय कारागार सञ्चालनमा आउन नसकेकोमा दुखेसो व्यक्त गर्नुभयो ।

“हाल सञ्चालनमा रहेको जिल्ला कारागार जीर्ण छ । नयाँ कारागार निर्माणका संरचना पनि प्रयोगविहीन भएका छन् । हाल सञ्चालित जिल्ला कारागारमा कैदीबन्दीलाई बस्न, सुत्न र दैनिक क्रियाकलाप गर्न पर्याप्त स्थान छैन ।” अधिवक्ता गौतमले भन्नुभयो, “पुराना संरचनामा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिँदा कैदीबन्दीले कोचाकोचको स्थितिमा निकै सास्तीपूर्ण दैनिकी झेल्नुपरेको छ ।” यो समस्या समाधानका लागि निमार्णाधीन अवस्थामा रहेका धेरै क्षमताका दुई ठूला कारागार सञ्चालनमा आए सहज हुने उहाँको भनाइ छ ।

खुला ठाउँ हुँदा कैदीबन्दीलाई दैनिक क्रियाकलाप मात्र होइन, उनीहरुलाई मानसिकरुपमै सकारात्मक कुरा र काममा ध्यान जाने अधिकारीकर्मी बताउँछन् । तीन सय ५० जनाको क्षमता भएको जिल्ला कारागारमा हाल नौ सय ९२ कैदीबन्दी छन् । एक सय २० जनाको क्षमता भएको बालसुधार गृहमा पनि क्षमताभन्दा बढी दुई सय ५० बालक छन् । बाँकेको नौबस्तामा झण्डै १० बिघाको क्षेत्रफलमा तीन हजार क्षमताको क्षेत्रीय कारागारको भौतिक संरचना निर्माण भएर पनि सञ्चालनमा आउन सकेको छैन ।

कारागारको यस्तो दूरावस्थाका विषयमा बाँकेका अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी विपीन आचार्यमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानार्कषणसमेत गराएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी आचार्यले विषयको गम्भीरतालाई ध्यानमा राखेर सरोकारवाला पक्षसँग छलफल गरेर तत्काल समाधान खोजिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu