ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गठबन्धन गए जान्छ, कांग्रेसले आफ्नो स्वार्थमा सम्झौता गर्नु हुँदैन’ – गगन थापा


एबीसी न्यूज
८ श्रावण २०८०, सोमबार   ६ : १९   बजे

 

काठमाडौं ८ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनका नाममा पार्टीले आफ्नो स्वार्थमा सम्झौता गर्न नहुने बताएका छन्।

सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

उनले अहिलेको सत्तारुढ गठबन्धनको नेता कांग्रेस नै भएको बताएका छन्। ‘यो गठबन्धनको नेता कांग्रेस हो। प्रधानमन्त्री आउने जाने क्रम चल्छ, चलिरहन्छ तर गठबन्धनको नेता कांग्रेस हो’, उनले भने, ‘गठबन्धन दलभित्र रहेका कुनै अमुक दलको माग पूरा गर्ने नाममा आफ्नो स्वार्थमा सम्झौता गर्नु हुँदैन। विगतमा कांग्रेसले केही कुरामा सम्झौता गरेको छ। त्यस्तो कुरामा कांग्रेसले मान्दैन भन्न सक्नुपर्छ।’

थापाले प्रदेशमा सरकार ढले स्वीकार्नुपर्ने तर मन्त्रालयहरु बढाउने कुरामा सम्झौता गर्नु गलत हुने पनि बताए।

‘कांग्रेसमा सरकार चलाउने मात्रै होइन ठूलो जिम्मेवारी पनि छ। हामीलाई नतिजा चाहिएको छ। हाम्रो पार्टीबाट नि र्वाचित २६ सय ६८ वडाअध्यक्ष र १० हजार वडासदस्य छन्’, उनले भने, ‘अब कांग्रेस भ्रष्टाचारविरुद्ध निर्मम हुनुपर्छ। सुशासनका लागि कांग्रेस प्रतिवद्ध हुनुपर्छ।’

सभापति तथा दलका नेता देउवालाई संसदीय दलको नेता फेर्ने कुरा नौलो नरहे पनि उनी निकट नेताहरूले भने प्रश्न गर्न लागेको थापाले बताए । ‘सभापतिले आफू फेर्दै गरेकाले यसले प्रयास गर्छ भन्ने लागेको छ । अरुले कति चिन्ता गर्नुभएको हो ?,’ उनले प्रश्न गरे ।

संसदीय दलको नेता फेर्ने प्रयास गरिरहने थापाले बताए । उनले सांसदहरूको मत पाउने कुरा गाह्रो भएको बताए । मतदाताको बीचमा भोटिङ भए अर्कै कुरा हुनेथियो तर सांसदको मत पाउन झन् गाह्रो हुने बताए । गाह्रो काम भनेर संसदीय दलको नेता परिवर्तन गर्ने अभियानबाट पछि नहट्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धारमा जुट्न ओलीको निर्देशन

बाढीको क्षतिबारे छलफल गर्न नेकपा कार्यसंयोजन समितिको आकस्मिक बैठक

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu