ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गौर नरसंहार’ लाई लिएर रौतहटका दलहरू विभाजित : प्रभु साहलाई पक्राउ गरी कारबाही गर्न ६ दलीय मोर्चाको माग


एबीसी न्यूज
९ श्रावण २०८०, मंगलबार   ५ : ४७   बजे

जनकपुरधाम । ‘गौर नरसंहार’ लाई लिएर रौतहटका दलहरू विभाजित देखिएका छन् । गौर हत्याकाण्डपीडित संघर्ष समितिले दोषीलाई कारबाहीको माग गर्दै साउन १ गते गौरमा प्रदर्शन गरेको थियो । उक्त समितिले २०६४ चैत ७ मा भएको गौर हत्याकाण्डका मुख्य दोषी जसपा अध्यक्ष उपेन्द्र यादव रहेको दाबी गर्दै दोषीहरूमाथि कारबाही गरेर न्याय दिन संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो ।

पीडित संघर्ष समितिका अध्यक्ष रुपसागर देवी हुन् । उनकै नेतृत्वमा १७ वर्षपछि पुनः आन्दोलन सुरु भएको छ । घटनाका दोषीहरूमाथि कारबाही गर्न समितिले साउन १६ गतेसम्मका लागि अल्टिमेटमसमेत दिएको छ । र, प्रशासनले कारबाही अगाडि नबढाए साउन १७ गतेदेखि रौतहट जिल्ला अनिश्चितकालिन बन्द गरिने चेतावनी दिइएको छ ।

यो आन्दोलनमा रौतहटमा स्वतन्त्रबाट जितेका पूर्व माओवादी नेता तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको समर्थन छ । उनले पनि गौर हत्याकाण्डमा उपेन्द्र यादव नै मुख्य योजनाकार बताउँदै कारबाही गर्नुपर्ने अभिव्यक्ति दिएका छन् ।

उनको अभिव्यक्तिकै कारण रौतहटमा अर्को काउण्टर आन्दोलन सुरू भएको छ । जसपाले प्रभु साहलाई नै गौर हत्याकाण्डमा दोषी दाबी गर्दै ६ दलीय मोर्चालाई आन्दोलनमा उतारेको हो । प्रभु साहविरुद्ध आन्दोलन गर्न पूर्व प्रदेश सांसद रामसागर यादवको नेतृत्वमा २१ सदस्यीय समिति बनेको छ । समितिमा जनमत पार्टी, लोसपा, नेपाली काँग्रेस, नेकपा एस, जसपा र माओवादी केन्द्रका प्रतिनिधि समेत छन् ।

समितिले आज गौरमा प्रभु साहविरुद्ध प्रदर्शन गरेको छ । विश्वहिन्दू परिषद् वीरगञ्जका अध्यक्ष काशिनाथ तिवारीको हत्यामा साहको संलग्नता रहेको भन्दै उनलाई पक्राउ गरी कारबाही अगाडि बढाउन समितिले माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu