ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक व्यक्तिले जति पटक, जति जनाको हत्या गरे पनि २५ वर्षभन्दा बढी सजाय गर्न नमिल्ने सर्वोच्चको फैसला


एबीसी न्यूज
९ श्रावण २०८०, मंगलबार   ५ : ५१   बजे

काठमाडौं, ९ साउन । एकै व्यक्तिले फरक-फरक घटनामा एक भन्दा बढी व्यक्तिको हत्या गरेर जन्मकैदको सजाय भएमा के हुन्छ ? सजाय खप्टिन्छ या जन्मकैदबापत पाएको एकै सजायमा सबै सजाय मिनाहा हुन्छ ? न्यायाधीश नहकुल सुवेदी र प्रकाशमानसिंह राउतको इजलासबाट आएको फैसला अनुसार एक व्यक्तिले फरक(फरक घटनामा जति वटा हत्या घटना गरे पनि उसले ‘जन्म कैद’ वापत एक पटक मात्र जन्मकैदको सजाय भुक्तान गर्दा पुग्ने देखिन्छ।

फैसलामा जन्मकैद बाचुन्जेलसम्म कैदमा बस्ने भन्ने मान्यता रहेको र नेपालको कानुन अनुसार हत्यामा २० वर्ष कैद सजाय तोकिएकाले जति वटा हत्या घटना भए पनि एक व्यक्तिलाई २० वर्षभन्दा धेरै कैद सजाय राख्न नमिल्ने व्याख्या गरिएको छ।

फैसलामा ‘प्रचलित कानूनमा दुईवटा मुद्दामा भएको फरक-फरक जन्मकैदको सजाय कार्यान्वयन गर्दा एउटा जन्मकैदको अवधि भुक्तान भएपछि अर्कोको गणना गर्नुपर्ने भन्ने स्पष्ट कानूनी व्यवस्था नभएको अवस्थामा एउटा जन्मकैदको सजाय भुक्तान गरेपछि अर्को जन्मकैदको सजायको अवधि गणना हुनेगरी सजायको कार्यान्वयन गर्नु प्रचलित कानून विपरीत हुनुका साथै व्यक्तिको वैयक्तिक स्वतन्त्रतामा गम्भीर आघात पुग्ने’ उल्लेख गरिएको छ।

सो फैसलाको नजिरबाट एक व्यक्तिले फरक-फरक घटनामा अनि फरक-फरक मितिमा हत्या गरे पनि एकै जन्मकैदको सजायमा गाभिने देखिन्छ। फैसलामा जन्मकैदलाई कसुरदार जिवित रहेसम्म काराबासमा रहेर सजाय भुक्तान गर्नुपर्ने सजायको रूपमा स्वीकार गरिएको छ। तर, मुलुकी ऐनलाई प्रतिस्थापन गरी २०७५ भदौ १ बाट लागू भएको मुलुकी अपराध संहिता २०७४ को दा ४१ मा खास कसुरमा मात्र कसुरदार जिवित रहेसम्म कैद गर्नुपर्ने व्यवस्था र सो बाहेकको अन्य मुद्दामा दफा ४२ अनुसार जन्मकैदको गणना गर्दा २५ वर्ष कैद सजाय हुने गरी गणना गर्नुपर्ने गरी दुई प्रकाको जन्मकैदको व्यवस्था गरेको उल्लेख छ।

अपराध संहिताको दफा ४१ अनुसार क्रुर यातना दिई वा निर्ममतापूर्वक हत्या गरेको, प्लेन अपहरण गरी वा प्लेनमा विष्फोट गरेर हत्या गरेमा, अपहरण गरी हत्या गरेमा। सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हालेर हत्या गरेमा, कुनै जाति वा सम्प्रदायको अस्तित्व नै विनाश गर्ने गरी जाती हत्या गरेको वा गर्ने उदेश्यले कसुर गरेमा र बलात्कारपछि हत्या गरेमा कसुरदार बाचुन्जेल जेलमा बस्नुपर्ने कानूनी प्रावधान छ।

उता अपराध संहिता अगाडि कारागार नियमावलीमा जन्मकैद भन्नाले २० वर्ष कैद गरिने उल्लेख छ। त्यसको आधारमा अपराध संहिता कार्यान्वयनमा आउनुपूर्वका घटनामा जन्मकैदको सजाय भएको हकमा २० वर्ष नै गणना हुने फैसलामा उल्लेख छ।

जन्मकैदको कसुर गरेको कसुरदारले अन्य सजाय हुने कसुर गरेको हकमा जन्मकैद भएको हकमा अन्य सानो अवधिको सजाय नखप्टिने तर पहिलो मुद्दामा म्याद गुजारेर फरार भएको, कैद थुनामा बसेको, कैद वा थुनाबाट भागेको वा धरौटी जमानीमा तारिखमा बसेको अवस्थामा जन्मकैद हुने अर्को सजाय गरेको हकमा थप चार वर्ष कैद सजाय थपिनसक्ने उल्लेख छ।

तर, फैसलाले एकै व्यक्तिलाई फरक(फरक मिति र फरक(फरक घटनामा जन्मकैद भए पनि एकै घटनामा गणना हुने ब्याख्या गरेको छ।

घटनाको पृष्ठभूमि

राजकुमार श्रेष्ठमाथि २०६५ साउन २३ मा जगतबहादुर कुँवरको हत्या गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। सो मुद्दा २०६७ असार २८ मा उनलाई जन्मकैद हुने फैसला भयो। सो फैसलाविरुद्ध सर्वोच्च अदालतसम्म पुनरावेदन पुग्यो र तीनै तहको अदालतबाट सजाय सदर भयो।

उनी २०६५ असोज ११ मा पक्राउ परेका थिए। उनी पक्राउ परेको मितिबाट २० वर्ष कैदमा बस्नेगरी २०६८ भदौ १८ मा कैदीपुर्जी जारी भयो। उनीविरुद्ध अर्को हत्याको मुद्दा पर्यो धादिङमा। २०६५ भदौ २ मा धादिङ जिल्ला अदालतमा श्रेष्ठविरुद्ध रामबहादुर लामाको हत्या अभियोगमा अभियोग पत्र दायर भयो। उनीविरुद्ध हत्या र चोरीको अभियोग लागेको थियो।

धादिङबाट पनि उनलाई हत्यामा जन्मकैद र १५ लाख जरिवाना अनि चोरीमा थप एक महिना सजाय हुने २०६९ चैत २१ मा फैसला आयो। पहिलो हत्या अभियोगमा उनको सजायको मिति २०८५ असोज ११ सम्म थियो।

धादिङको समेत जन्मकैद गाभेर उनलाई २१०५ असोज १० गतेसम्म कैदमा राख्न अर्को कैदीपूर्जी जारी भयो। अनि श्रेष्ठ पहिलो कैदी पुर्जी खारेजी र आफूले ८ वर्ष कैद सजाय भोगिसकेको र यस्तो अपराधमा आठ वर्ष कैद सजाय भोगेका कैदीले बाँकी कैद छुट पाउने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च अदालत गएका थिए। अदालतले उनको बन्दी प्रत्यक्षीकरणको मागदावी स्वीकार गरेन। तर, एकै व्यक्तिलाई दुई मुद्दा जन्मकैदको फैसला भएर २०(२० गरेर खप्टिएको सजाय भने खारेज भयो। अदालतले एक मुद्दामा मात्रै जन्मकैद हुने ठहर गरेर उनको कैद म्याद २०८५ मात्र हुने र धादिङ जिल्ला अदालतले गरेको जन्मकैदको फैसला अनुसार २० वर्ष कैद नथपिने २०७९ चैत ८ मा फैसला गर्यो।

एक व्यक्तिले जति पटक, जति जनाको हत्या गरे पनि २५ वर्षभन्दा बढी सजाय गर्न नमिल्ने सर्वोच्चको फैसला

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group