ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको परिवर्तनमा माओवादीको मुख्य भूमिका : भाजपा


ABC NEWS
९ श्रावण २०८०, मंगलबार   ७ : ४९   बजे

काठमाडौँ ९ साउन । भारतीय जनता पार्टीले नेपालको परिवर्तनमा माओवादी केन्द्रको अहम् भूमिका रहेको बताएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा भारत भ्रमणमा रहेका टोलीसँग कुरा गर्दै भाजपाका नेताहरुले सो कुरा बताएका हुन् ।

भाजपाको निमन्त्रणामा भारतको दिल्ली पुगेका नेताहरुले भाजपाको हेडक्वाटारमा विभिन्न तहका नेताहरुलाई भेटघाट गरेका छन् ।

माओवादीका नेताहरु हिजो (सोमबार) दुई पटक भाजपाको हेडक्वाटर पुगेर त्यहाँका नेताहरुसँग छलफल तथा भेटघाट गरेका थिए । उनीहरुले बिहान भाजपाका युथ कमिटी, महिला कमिटी तथा सञ्चार विभागसँग छलफल गरेका थिए ।

हिजो साँझामा भाजपाका अध्यक्ष जेपी नड्डासँग छुट्टै छलफल तथा भेटघाट थियो ।

सो छलफलमा अध्यक्ष नड्डाले भाजपा र माओवादी परिवर्तनकारी शक्ति रहेको भन्दै आआफ्नो देशमा दुवै दलले परिवर्तनका लागि संघर्ष गरिरहेको धारणा राखेका थिए ।

अध्यक्ष नड्डाले नेपालको परिवर्तनको मुख्यबाहक माओवादी रहेको धारणा राखेको टोलीमा रहेका माओवादीका एक नेताले बताए । माओवादी लामो संघर्ष गरेर आएको पार्टी भएको भन्दै नड्डाले भाजपा पनि लामो संघर्ष गरेर यो अवस्थामा आएको र भारतमा परिवर्तनका लागि प्रयासरत रहेको धारणा राखेका थिए । अध्यक्ष नड्डाले परिवर्तन, आर्थिक समृद्धि र विकासका लागि भाजपा र माओवादी मिलेर काम गर्नुपर्ने बताए ।

हालै सम्पन्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले पनि दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाएको भन्दै अध्यक्ष नड्डाले पार्टी–पार्टीको बीचमा पनि सम्बन्ध स्थापित गरेको धारणा राखेको बताइएको छ ।

यस्तै माओवादी केन्द्रका नेताहरुले मंगलबार नै भारतका विदेश मन्त्री एस।जयशंकरसँग भेट्ने कार्यक्रम रहेको छ । भ्रमणको कार्यतालिकमा विदेश मन्त्री एस। जयशंकरसँग भेट्ने कार्यक्रम नरहेपनि भाजपाले उनीसँग पनि भेटाउने तयारी गरिरहेको बुझिएको छ ।

हिजो माओवादीका नेताहरुले महिला, बालबालिका विकास मन्त्री स्मृति इरानीसँग भेटघाट गरेका थिए ।

माओवादीका नेताहरु बुधबार देहारादुनका लागि प्रस्थान गर्नेछन् । त्यहाँ ऋषिकेशनमा गंगा आरतीमा सहभागी हुनुको साथै उत्तराञ्चलका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटघाट गर्ने बताएको छ । माओवादीका नेताहरु दुई दिनसम्म देहरादुनमा रहने र साउन १२ गते नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group