ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३५ तोला अवैध सुन प्रकरणमा पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त


एबीसी न्यूज
९ श्रावण २०८०, मंगलबार   ९ : २२   बजे

रुपन्देही । बुटवलमा व्यवसायीको ३५ तोला सुनसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगहादुर केसी बर्खास्त भएका छन् ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृहमन्त्रालयले बर्खास्त गरेको हो। हेडक्वाटरले गरेको आन्तरिक छानबिनका क्रममा गम्भीर गल्ती गरेको देखिएकाले उनलाई बर्खास्त गर्नुपर्ने भन्दै गृहलाई सिफारिस गरेको थियो। केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले सोमबार बर्खास्त गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले डीएसपी केसीलाई बर्खास्त गर्नुपर्ने राय दिएपछि सोहीअनुसार बर्खास्तका लागि भन्दै गृह मन्त्रालयलाई प्रहरी हेडक्वाटरले पत्राचार गरेको थियो। केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी बर्खास्त गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले जनाएका छन् । उनी प्रहरीमा अब छिर्न नपाएपनि अन्य सरकारी सेवामा भने काम गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group