काठमाडौं १० साउन । नेपारली कांग्रेसका सांसद डा. सुनिल शर्माले विमानस्थलको सुनकाण्डमा अर्थमन्त्री र गृहमन्त्रीले जिम्मा नलिने हो भने संसदमा नै आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।
बुधबारको संसदको वैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले सुनकाण्डमा नैतिकताका आधारमा गृहमन्त्री र अर्थमन्त्रीले नैतिक जिम्मेवरी लिएर राजीनामा दिनु पर्ने माग गरे ।
विभिन्न देशमा सम्वन्धित विभाग र मातहत अन्तर्गतका दुर्घटना र बद्मासी हुंदा मन्त्रीहरुले नैतिकताका आधारमा जिम्मा लिएको दृष्टान्त दिंदै शर्माले सगृहमन्त्री र अर्थमन्त्रीले आफ्नो नालायकी ढाकछोप गरिरहेको दावी गरे।
प्रतिक्रिया दिनुहोस्