ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक क्विन्टल सुन भित्र्याउने कम्पनी रेडी ट्रेडका मालिक भनिएका दिलीप भुजेलको घर


एबीसी न्यूज
११ श्रावण २०८०, बिहिबार   ८ : ०९   बजे

काठमाडौ., ११ साउन । दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको सिम्टेसम्म कच्ची बाटोको यात्रा गरेर आधा घन्टा उकालो पैदल लागेपछि आउँछ– बिसौना टोल । त्यहाँ जस्ताले छाएको डेढतले घर छ, जुन ०७२ को भूकम्पपछि सरकारी अनुदानसहित लागतमा बनेको हो ।यो घर हो, अहिले चर्चामा रहेको एक क्विन्टल सुन भित्र्याउने कम्पनी रेडी ट्रेडका मालिक भनिएका २१ वर्षीय दिलीप भुजेलको । गाउँमा परिवारको हातमुख जोर्न गाह्रो भएपछि उनी ६ महिनाअघि मजदुरी गर्न काठमाडौं गएका थिए । उनका बुबा रामबहादुर अहिले पनि काठमाडौंमै ज्यामी काम गर्छन् ।

राजस्व अनुसन्धान विभागले गत ३ साउनमा हङकङबाट ल्याइएको झन्डै सय किलो सुन बरामद गर्दा भुजेल रेडी ट्रेडका मालिक भएको खुल्यो र उनी पक्राउ परे । गाउँमै रहेका आमा कल्पना र पत्नी प्रमिला यो घटनाले स्तब्ध बनेका छन् । ‘मजदुरी गर्न हिँडेको छोरो सुनकाण्डमा जेल पर्‍यो, भेट्न जान बाटोखर्च पनि छैन,’ आमा कल्पनाले रुँदै भनिन् । पक्राउ पर्नुअघिसम्म पनि छोरो साँखुस्थित एक चाउमिन बनाउने सानो उद्योगमा काम गर्ने गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group