ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईटीको जनशक्तिलाई सरकारी सेवामा ल्याउन हाइब्रिड मोडेल सोचिरहेका छौं : मन्त्री शर्मा


एबीसी न्यूज
११ श्रावण २०८०, बिहिबार   ११ : ४२   बजे

काठमाडौं, ११ साउन। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि ९आईटी० समूहलाई संघीय निजामती सेवा ऐनमा समेट्ने कोसिस भइरहेको बताएकी छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बन्दै गरेको संघीय निजामती सेवा ऐनमा आईटीलाई अलग समूहको रुपमा समेट्ने कोसिस भइरहेको बताएकी हुन् । ‘सरकारी सेवामा अबका युवाहरुलाई, अबका दक्ष म्यानपावरलाई आकर्षित गर्नुपर्छ । त्यसो भएर हामीले अहिले संघीय निजामती सेवा ऐनमा यो आईटी समूहलाई अलग समूह बनाएर अगाडि बढाउने कोसिस गर्दैछौं,’ मन्त्री शर्माले भनिन् । सूचना प्रविधि क्षेत्रका जनशक्तिलाई अहिलेको परम्परागत ढंगको निजामती सेवाभित्र बाँधेर राख्न नहुने भनेर हाइब्रिड मोडेलको वर्क आउट गरिरहेको जानकारी उनले दिइन् ।

‘परम्परागत ढंगको निजामती सेवा र त्यसभित्र आउने कर्मचारीको सेवा, सुविधा सर्तको जे अवस्था छ यो आईटी क्षेत्रमा काम गर्नेहरुलाई त्यसमा बाँधिराख्न जरुरी हुन्न । त्यसमा बाँधिएर दक्ष जनशक्ति बस्न सक्दैन,’ पूर्व सामान्य प्रशासन मन्त्रीसमेत रहेकी शर्माले भनिन्, त्यसकारण सूचना प्रविधिको क्षेत्रका निम्ति एउटा हाइब्रिड मोडेल, सरकारी सेवामा आउने तर सेवा सुविधामा अर्को फरक ढंगले सोच्ने भनेर त्यो पनि वर्कआउट गरिरहेका छौं ।’

सूचना प्रविधिको क्षेत्रलाई सदुपयोग गर्दै आर्थिक सुशासन कायम राख्न पनि यो आवश्यक रहेको उनको भनाइ छ । अबको लडाइँ डाटाको सुरक्षा भएको भन्दै उनले साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा पुगेको र छिट्टै जारी हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group