विराटनगर ११ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीबाट पदमुक्त भएका उद्धव थापाले सर्वोच्च अदालतको आदेशमा आफ्नो कुनै विमति नरहेको बताएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता थापा सभामुख बाबुराम गौतम समेतको समर्थनमा २१ असारमा मुख्यमन्त्री बनेका थिए । तर सर्वोच्चले सरकार गठनमा सभामुखले समर्थन दिनुलाई असंवैधानिक ठहर गरेको छ र थापाको नियुक्ति बदर गरेको छ । पदमुक्त भएका थापाले फेरि सरकारको नेतृत्वमा दाबी गर्ने बताए ।







प्रतिक्रिया दिनुहोस्