ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारविरोधी अभियान तुहाउन खोज्नेले राजीनामा माग्न थाले : उपप्रम श्रेष्ठ


एबीसी न्यूज
११ श्रावण २०८०, बिहिबार   ७ : १८   बजे

 

काठमाडौं ११ असार । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरोधी अभियान निस्तेज बनाउन चाहनेले आफ्नो राजीनामा माग्न थालेको बताएका छन्।

महोत्तरीको बर्दिबासस्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाले गरेको शैक्षिक सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विरोधीहरुले माग्दैमा आफूले लुरुक्क परेर पद नछाड्ने बताए।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी प्रकरण लगायतका अपराध र वेथितिविरुद्ध चलाएको अभियानलाई बीचमै तुहाउन खोज्नेले पद छाड्न दबाब दिइरहेको उनले बताए।

‘जनतालाई साथमा लिएर यतिबेला देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरिरहेका छौँ, त्यसका परिणाम आइरहेका छन्,’ श्रेष्ठले भने, ‘सरकारको कामले जनतामा आशा पैदा हुन थालेको छ। तर, अभियान तुहाउन चाहनेले मलाई पद छाड्न दबाब दिन थालेका छन्।’

कसैले दबाब दिँदैमा आफूले पद नछाड्ने दृढतासमेत उनले व्यक्त गरे। कसैले विरोध गर्दैमा भ्रष्टाचार, तस्करी र अपराधविरुद्धको अभियान नरोकिने उनले बताए।

‘मलाई पद छाड्न दबाब दिँदैमा सरकारको अभियान रोकिन्छ भन्ने आशा कसैले गरेको छ भने त्यो सम्भव छैन,’ उनले भने, ‘हामी अघि बढ्छौँ। भ्रष्ट, कमिशनखोर, तस्कर र अपराधीविरुद्ध अन्तिमसम्म लडिरहने छौँ।’

जसले भ्रष्टाचार, बेथिति, अपराध, तस्करीविरुद्ध र सुशासनको पक्षमा अभियान चलाउँछ उसले पद छाड्नुपर्यो भन्नेप्रति उनले आक्रोश व्यक्त गरे।

‘गृहमन्त्रीले पद छाडे भ्रष्टाचार, तस्करी र अपराधविरोधी अभियान योभन्दा अघि बढ्दैन। त्यसबाट तस्करी, भ्रष्टाचारी र अपराधीले उन्मुक्ति पाउँथे भन्ने कसैलाई लागेको भए त्यो भ्रमबाट मुक्त हुन म अपिल गर्छु,’ उनले भने, ‘मैले पद छाडे अहिलेको छानबिन रोकिन्थ्यो भन्ने कसैले सोचेका हुन सक्छन्। तर, त्यो दिन आउनेवाला छैन। कसैलाई सजिलो बनाउन पद छाड्नेवाला छैनौँ। अपराधविरुद्धको यो अभियान अन्तिम निष्कर्षमा पुर्‍याएरै छाड्ने छौँ।’

विकास र समृद्धिको अभियान अघि बढ्न नदिने भ्रष्टलाई खोजीखोजी कारबाही गर्नुपर्यो भनेर जनताले आवाज उठाइरहँदा गलत तत्वहरुले त्यसको विरोध गर्नु सामान्य भएको उनले बताए।

‘जनता भ्रष्टाचारी र अपराधिहरुलाई ठिक पार्नुपर्छ, कानुनको दायरामा ल्याउनु पर्छ, सुशासन कायम गर्नु पर्छ भनेर आवाज उठाइरहेका छन्। हामीलाई नागरिक समाजको पनि समर्थन छ,’ उनले भने, ‘तर भ्रष्ट र अपराधिहरुको संरक्षणमा मात्रै आफ्नो अस्तित्व रक्षा देख्ने निहीत स्वार्थ भएकाले आमजनताको समर्थन र सत्यलाई देख्न सकेका छैनन्।’

गृहमन्त्रालयले देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चानल गरेपछि कतिपयले निदाउन नसकेको भन्दै उनले व्यंग्य गरे।

‘आजभोलि कतिपय मान्छे सुत्न सक्दैनन् रे। उनीहरुलाई राति निद्रा पनि लाग्दैन रे१,’ उनले भने, ‘अपराध कर्म र भ्रष्टाचारमा संलग्न नभएका मजाले निदइरहेकै छन् त। अपराध गरेकाले पनि आत्मसमर्पण गरेर आए प्रहरी कार्यालयमा सुत्ने ठाउँ छ। त्यहाँ मजाले निदाउन सकिन्छ।’

गृहमन्त्री श्रेष्ठले मिटरव्याजविरुद्धको कानुन कार्यान्वयनमा आउने पनि बताए। ‘मिटरब्याजविरुद्धको कानुन निर्माणमा सिर्जना भएको शंसय पनि आजबाट सकियो,’ गृहमन्त्री श्रेष्ठले भने, ‘राष्टियसभाले आज त्यो विधेयकलाई अघि बढाइसकेको छ। अब कानुन बन्छ। मिटरव्याजपीडितले अब न्याय पाउँछन्।’

जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न र आवासको सुविधा सुनिश्चित गर्नेगरी सरकारले काम गरिरहेको दाबी उनले गरे।

‘अहिलेको सरकारको एक सत्रिय नारा सुशासन, समृद्धि र सामाजिक न्याय हो,’ उनले भने, ‘त्यसलाई कार्यान्वयन गर्नेगरी सरकारले काम गरिरहेको छ। म जनतालाई आशावादी हुन आग्रह गर्छु।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group