ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्विन्टल सुन बरामद गर्नुअघि र पछि गिरोहले ठूलो परिमाणमा सुन ‘व्यवस्थापन’ गरेको निष्कर्ष


एबीसी न्यूज
१२ श्रावण २०८०, शुक्रबार   १० : ४५   बजे

काठमाडौं, १२ साउन । हङकङबाट क्याथे प्यासिफिकको जहाजमा भित्र्याएर भन्सार पार गराइसकेको करिब १ क्विन्टल सुन सिनामंगल सडकबाट बरामद हुनुअघि नै तस्करले त्योभन्दा ठूलो परिमाणमा सुन फुत्काएको देखिएको छ । भारत, चीन, हङकङ र नेपालमा सक्रिय संगठित गिरोहले स्कुटरमा प्रयोग हुने ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन भन्सारका कर्मचारी, भन्सार एजेन्ट र बिचौलियालाई हातमा लिएर उम्काएको अनुसन्धानमा पाइएको हो । राजस्व अनुसन्धान विभागले ठमेलको एक घरमा छापा मार्दा फेला पारेको सुन निकालिएका र कार्टुनभित्र प्याक गरिएका ब्रेक सु । हङकङबाट रेडी ट्रेडका नाममा असार २९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको ८ कार्टुन सामान राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको संयुक्त टोलीले साउन २ मा सिनामंगल सडकबाट बरामद गरेको थियो । त्यस क्रममा भन्सार एजेन्ट र ट्याक्सी चालक पक्राउ परेका थिए ।

बरामद सामान खोलेर हेर्दा करिब १ क्विन्टल सुन भेटिएपछि थप अनुसन्धान गर्ने क्रममा विभागको टोलीले गिरोहको सेल्टर रहेका कमलपोखरी, बालुवाटार, लाजिम्पाटर पानीपोखरी र ठमेलमा बुधबार छापा मारेको थियो । ठमेलको एक घरमा ६६ कार्टुन ब्रेक सु भेटिएकामा धेरैजसो खोक्रा मात्रै पाइएको छ । ब्रेक सुसँगै सुन जोख्ने ढक–तराजु पनि भेटिएको छ । चिनियाँ गिरोहले सेल्टर लिएको लाजिम्पाटस्थित एक घरबाट दाह्री काट्ने उपकरण (सेभर) बरामद गरिएको छ । ती सबै ब्रेक सु रेडी ट्रेडकै नाममा भित्रिएका थिए । सामान रेडी ट्रेडले आफ्नै कार्यालय वा तोकिएको गोदाममा लैजानुपर्नेमा चिनियाँ र भारतीय गिरोहले सेल्टर लिएको ठाउँमा पुर्‍याउनुले तस्करीको सुन व्यवस्थापनकै लागि उक्त फर्म खोलिएको देखिने अनुसन्धान अधिकारीहरूको भनाइ छ । छापा मार्ने क्रममा चिनियाँ नागरिक बसेको बालुवाटारको कोठाबाट सुन गाल्ने उपकरण पनि बरामद भएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । ‘विमानस्थल भन्सारबाट जाँचपास भइसकेपछि बरामद सुनभन्दा यो परिमाण धेरै हुन सक्ने देखिन्छ,’ उनले भने ।

विभागले विमानस्थल भन्सारका अधिकृतसहित ३ कर्मचारी, चिनियाँ र भारतीय गरी २ विदेशी, थप तीन भन्सार एजेन्ट, रेडी ट्रेडका सञ्चालक र उनका आफन्तलगायत पक्राउ गरिसकेको छ । उनीहरूले दिएको बयान र संकलित तथ्यरप्रमाणले क्विन्टल सुन बरामद हुनुअघि नै गिरोहले त्योभन्दा बढी परिमाणमा सुन भन्सारबाट बाहिर लगेको खुलेको हो । पछिल्लो पटक बुधबार चिनियाँ तस्करका सहयोगी भनिएका नुवाकोट घर भई टोखा बस्ने नरेश तामाङलाई सशस्त्रको विशेष टोलीले पक्राउ गरी विभागलाई जिम्मा लगाएको छ । तामाङले चिनियाँका लागि लाजिम्पाट र बालुवाटारका दुई वटा घर खोजिदिएको स्वीकार गरेका छन् । चिनियाँ भाषाका जानकार उनी यसअघि चिनियाँका लागि दोभासेका रूपमा पनि काम गरेका थिए । त्यहींबाट गिरोहसँग उनको साइनो जोडिएको देखिएको छ ।

रेडी ट्रेडका नाममा मे, जुन र जुलाईमा दाह्री काट्ने उपकरण (सेभर) २ हजार ७ सय थान, ब्रेक सु १ हजार १ सय ८० थान र मेकानिकल मोटर एक थान भित्रिएको विमानस्थल भन्सारको अभिलेखमा देखिन्छ । ती सामान करिब २० क्विन्टलका थिए । भन्सारबाट जाँचपास गरिएका मध्ये सेभर चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले निर्यात गरेको थियो । मेकानिकल मोटरको निर्यातकर्ता ताइवानको तालमड कम्पनी हो । ब्रेक सु चीनको जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले पठाएको देखिन्छ । भन्सार जाँचपास गर्दा ब्रेक सु भनिएका कार्टुनमा एक्सरे मेसिनले शंकास्पद गाढा कालो रङको वस्तु देखाएको थियो तर जाँचपासमा संलग्न भन्सारका कर्मचारीले त्यसलाई अनदेखा गरी छाडिदिएका थिए । पछिल्लो पटक साउन २ मा ८ कार्टुन जाँच्दा ४ कार्टुनमा परीक्षण गर्नुपर्ने भनी एक्सरेका प्राविधिकले उल्लेख गरे पनि भन्सार अधिकृतले त्यत्तिकै छाडिदिएका थिए । यस प्रकरणमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, नासु तथा एक्सरे प्राविधिक सरोज श्रेष्ठ पक्राउ परिसकेका छन् । क्विन्टल सुन बरामदपछि विवादास्पद पृष्ठभूमिका व्यापारी राकेशकुमार अडुकिया अनुसन्धानमा तानिएका छन् । सामान भित्रिनुअघि भारत, दुबई र हङकङको यात्रा गरेका अडुकिया सुन बरामदपछि एकाएक फरार छन् । अनुसन्धानकै क्रममा अडुकियाको कमलपोखरीस्थित घरमा बुधबार छापा मारेर केही कागजात र ल्यापटपसहितका सामान अनुसन्धान टोलीले नियन्त्रणमा लिएको छ ।

हङकङबाट कहिले के भित्रिएका थिए ?

विमानस्थल भन्सारको अभिलेखअनुसार रेडी ट्रेडका नाममा मे १७ मा ६६ केजी, मे २१ मा ६६ केजी, मे २४ मा ६६ केजी, मे २६ मा ५२ केजी सेभर आएको थियो । त्यस्तै, जुन ६ मा १ सय ३२ केजी, जुन ७ मा ६६ केजी, जुन १२ मा ६६ केजी, जुन १६ मा १ सय २ केजी, जुन १९ मा ६६ केजी, जुन २२ मा ९९ केजी, जुलाई ९ मा ३३ केजी, जुलाई १८ मा ३२ केजी सेभर ल्याइएको थियो । ती सामान चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले निर्यात गरेको हो ।

मे ३१ मा ल्याइएको ६६ केजीको मेकानिकल मोटरको निर्यातकर्ता ताइवानको तालमड कम्पनी रहेको अभिलेख छ । यस्तै, रेडीकै नाममा मे २४ मा ३४ केजी, मे २८ मा ३८ केजी, मे ३१ मा ३८ केजी ब्रेक सु आएको थियो ।

जुन ६ मा ५७ केजी, जुन ७ मा ३९ केजी, जुन १२ मा ३८ केजी, जुन १४ मा ७८ केजी, जुन १८ मा ३८ केजी, जुन २३ मा ५८ केजी, जुन २६ मा १९ केजी, जुन २८ मा ७६ केजी ब्रेक सु भित्र्याइएको थियो ।

यस्तै, जुलाई ३ मा १ सय १४ केजी, जुलाई ६ मा ७६ केजी, जुलाई ९ मा १ सय १४ केजी, जुलाई १२ मा १ सय १६ केजी, जुलाई १८ मा १ सय ५२ केजी र जुलाई २४ मा ३४ केजी ब्रेक सु ल्याइएको थियो ।

ब्रेक सु चीनकै जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीबाट पठाइएको थियो । सामान पठाउने कम्पनीको आधिकारिकताबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका एक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu