ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसबुकका प्रयोगकर्ता तीन अर्ब नाघे, त्रैमासिक आम्दानी ४२ खर्ब


एबीसी न्यूज
१२ श्रावण २०८०, शुक्रबार   २ : २९   बजे

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो सोसल मिडिया प्लाटफर्म फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या ३ अर्ब नाघेको छ । पछिल्लो रिपोर्ट अनुसार फेसबुकको मातृ कम्पनी मेटाले त्रैमासिक आम्दानीमा सबै पुराना रेकर्डहरु तोडेको छ । गत अप्रिलदेखि जुनसम्मको त्रैमासिक अवधिमा मेटाले ७ अर्ब ८० करोड खुद मुनाफा कमाउन सफल भएको छ । जबकि उक्त त्रैमासिकमा कम्पनीको कूल आम्दानी चाहिँ ३२ अर्ब डलर अर्थात् ४२ अर्ब रुपैयाँभन्दा बढी भएको छ ।

मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गका अनुसार कम्पनीले अपेक्षा भन्दा अधिक मुनाफा कमाउन सफल भएको छ । रिपोर्ट अनुसार दोस्रो त्रैमासिकमा फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या पनि बढेर ३ अर्ब ३ करोड पुगेको छ ।

स्मरण रहोस् सन् २०२२ मेटाका लागि निकै खराब वर्ष सावित भएको थियो । एप्पलको डाटा प्राइभेसी नीतिमा भएको परिवर्तनसँगै मेटाले व्यापक नोक्सानी बेहोर्नुपरेको थियो । एप्पलको उक्त नीति मेटाको आम्दानीको बाटोमा बाधा बनेको थियो ।

मेटा कम्पनीको दोस्रो त्रैमासिकको रिपोर्ट सार्वजनिक भएसँगै कम्पनीको शेयर मूल्यमा पनि सात प्रतिशतको वृद्धि भएर प्रतिशेयर ३२०.३२ डलर पुगेको छ । मेटाको रिपोर्ट अनुसार उसका विभिन्न एपहरुमा विज्ञापनको संख्यामा पनि यो वर्ष ३४ प्रतिशत बढी देखिएको छ । विज्ञापनदाताहरुको पहिलो रोजाइमा फेसबुक र इन्स्टाग्रामको रील्स सबैभन्दा अगाडि देखिएका छन् । मेटाले चर्चित एप टिकटकको सिको गर्दै शर्ट भिडियो प्लाटफर्म रील्स ल्याएको थियो, जुन सफल देखिएको छ । सन् २०२० मा भारतमा टिकटक प्रतिबन्धपछि मेटाले इन्स्टाग्राम तथा फेसबुक रील्स लञ्च गरेको थियो ।

मेटाका अनुसार फेसबुक र इन्स्टाग्राममा अहिले हरेक दिन २ खर्ब पटक भिडियो हेरिन्छ । मेटाले यो वर्ष कर्मचारीको संख्यामा पनि भारी कटौती गरेको छ । गत जुन महिनाको अन्त्यसम्ममा कर्मचारीहरुको संख्या अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले कटौती गरी ७१ हजार ४६९ कायम गरेको छ । यसले पनि कम्पनीको खर्च कम भई मुनाफामा वृद्धि हासिल गर्न सहयोग गरेको बताइएको छ ।

–एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu