ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिकित्सक अभाव हुँदा बिरामीलाई सास्ती


एबीसी न्यूज
१२ श्रावण २०८०, शुक्रबार   ४ : १४   बजे
काठमाडौं, १२ साउन । रोल्पा अस्पतालमा चिकित्सक नहुँदा बिरामीले उपचारमा सास्ती भोग्नु परेको छ । विशेषज्ञ चिकित्सक १० र मेडिकल अधिकृत छ गरी १६ दरबन्दी रहेको उक्त अस्पतालमा हाल तीनजना चिकित्सक मात्रै कार्यरत रहँदा सेवा प्रभावित भएको हो ।
सङ्घ र प्रदेश सरकार दुर्गमका नागरिकप्रति उत्तरदायी नहुँदा यहाँका स्थानीय स्वास्थ्य सेवावाट वञ्चित भएका छन् । हाल एकजना चिकित्सकले दैनिक एक सय बढी बिरामीको उपचार गर्नुपरेको चिकित्सक रणबहादुर बोगटीले बताउनुभयो । उहाँका अनुसार दैनिक एक सय ५० बढी बिरामी उपचारका लागि आउने गरेकाले केही वर्षअघिदेखि सुरु गरिएको जटिल प्रसूति शल्यक्रिया सेवा अवरुद्ध भएको छ ।
चिकित्सक बोगटीले शल्यक्रिया गर्न जनशक्ति अभावका साथै सहयोगी एनेस्थेटिक चिकित्सक नहुँदा सेवा प्रभावित भएको बताउनुभयो । शल्यक्रिया गर्नुपर्ने प्रकृतिका बिरामीलाई अस्पतालले सेवा दिन नसकेपछि उनीहरु ठूलो धनराशि खर्चिएर जिल्लाबाहिर जान बाध्य भएका उहाँको भनाइ थियो । चिकित्सक बोगटीले पाँच वर्ष अस्पतालमा करार सेवामा कार्यरत चिकित्सक प्रकाश बुढाको करार अवधि सकिएपछि जटिल अवस्थाका सुत्केरीको शल्यक्रिया सेवा अवरुद्ध भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार एघारौँ तहको एक विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिलेसम्म आठौँ तहभन्दा माथिका चिकित्सक आएका छैनन् । “नवौँ र दशौँ तहका जनरल फिजिसियन, पेडियाटिसियन, अव्सट तथा गाइनो, जनरल सर्जन, अर्थोपेडिक, एनेस्थेसियोलोजिष्ट, रेयिोलोजिष्ट, प्याथोलोजिष्ट र साइकाष्टिक गरी दश  कन्सल्टेन्ट चिकित्सकको दरबन्दी रहेकामा एकजना पनि कन्सल्टेन्ट चिकित्सक छैनन्”, उहाँले भन्नुभयो, “आठौँ तहका छ मेडिकल अधिकृतको दरबन्दी रहेकामा हाल एकजनाले सेवा दिइरहेका छन् ।”
चिकित्सक लोकरत्ना ज्ञवाली निमित्त कार्यालय प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ । ज्ञवाली एकमात्र स्थायी चिकित्सक हुनुहुन्छ । एमडिपिजी चिकित्सक रणबहादुर बोगटी साइमन नामक संस्थाको सहयोगमा करार सेवामा कार्यरत हुनुहुन्छ । रोल्पा अस्पतालमा कार्यरत चिकित्सक निरज घर्तीमगर पढाइ सकेर एक वर्ष दुर्गममा सेवा गर्न आउनुभएको हो ।
दैनिक कार्यालयको काममा व्यस्त रहनुपर्ने बाध्यताले अस्पतालमा दुईजना चिकित्सकले दैनिक एक सय ५०  बढी बिरामीको उपचार गरिरहेका कार्यालय प्रमुख ज्ञवालीले बताउनुभयो । करार सेवामा कार्यरत आधा दर्जन बढी चिकित्सकको सेवा नवीकरण नगर्दा अस्पतालमा जनशक्ति अभाव भएको उहाँको भनाइ थियो ।
प्रमुख ज्ञवालीका अनुसार डा आधार वली, चिकित्सक प्रकाश बुढा, डेन्टल सर्जन डा पूजा कुँवर, चिकित्सक तिलक डाँगी र चिकित्सक रेश्मा घर्तीमगरले करार नवीकरण नहुँदा अस्पतालबाट बाहिरिएका हुन् । उनीहरुमध्ये अधिकांश दुर्गममा अनिवार्य सेवाका लागि खटिएका चिकित्सक हुन्  ।
चिकित्सक कम हुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्रमुख ज्ञवालीले बताउनुभयो । “सम्बन्धीत निकायमा जानकारी गराएका छौँ, सुनुवाइ हुने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । जिल्लामा अर्थो, पाठेघर सङ्क्रमण, पाठेघर खस्ने, यौन रोग, मानसिक रोग, कलेजोको रोगका बिरामी बढी आउने गरेका उहाँले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल लामो समयदेखि प्रमुखविहीन रहेको ज्ञवालीले बताउनुभयो । “प्रदेश सरकारले प्रादेशिक अस्पताल बुटवलबाट हाडजोर्नी विशेषज्ञ डा सोमबहादुर आलेलाई तीन महिनाका लागि काजमा यहाँ पठाए पनि उहाँ सरुवा भइसक्नु भएको छ”, उहाँले भन्नुभयो ।
स्वास्थ्य संस्था जस्तो संवेदनशील ठाउँमा यसरी चिकित्सकको अभाव हुनु सरकारको लाचारीपन भएको नागरिक समाजका अगुवा ओम केसीले बताउनुभयो । “स्वास्थ्य जस्तो नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा राज्य गम्भीर नहुनु दुःखद हो”, उहाँले भन्नुभयो, “जिल्लाका जनप्रतिनिधि, राजनीतिक दललगायत सम्बन्द्ध निकायले अस्पतालमा चिकित्सक व्यवस्थापनमा ध्यान नदिनु लापर्बाही हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu