ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय महावाणिज्य दूतावासद्वारा वीरगञ्जमा विशेष सप्ताह


एबीसी न्यूज
१४ श्रावण २०८०, आइतबार   ६ : ०२   बजे

काठमाडौँ । भारतको महावाणिज्य दूतावास, वीरगञ्जले ‘मिसन लाइफ’अन्तर्गत विशेष सप्ताह सम्पन्न गरेको छ। मिसन लाइफअन्तर्गत कूल सात सत्रहरू सञ्चालन गरिएको भारतीय दूतावासले जनाएको छ।

त्यस अवसरमा महावाणिज्यदूत नितेश कुमारले मिसन लाइफ भारतको नेतृत्वमा रहेको एक विश्व्यापी ढाँचा भएको बताए ।उनले पर्यावरणको संरक्षण एवम् प्रवर्द्धन गर्न व्यक्तिगत तथा सामुदायिक कार्यलाई टेवा पुर्‍याउँदै दिगो भविष्य निर्माण गर्न यसको डिजाइन गरिएको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२१ ग्लास्गोमा भएको २६ औँ राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-२६) मा विश्वलाई मिसन लाइफका बारेमा जानकारी दिएका थिए।

यसअन्तर्गत वाणिज्य दूतावासले जुन २०, २०२३ मा आफ्नो परिसरभित्र ‘स्वास्थ्य लाइफस्टाइल’ मा प्यानल छलफल आयोजना गरेको थियो । उक्त छलफलमा डा निरजकुमार सिंह, डा सुचित कुमार शर्माले स्वस्थ जीवनका लागि आफ्नो जीवनशैलीलाई कसरी परिमार्जन गर्न सकिन्छ भन्ने विषयमा विचार प्रस्तुत गरेका थिए ।

यसैगरी, जुलाई २१ मा विजय कुशवाहाले ई-वेस्टको उचित व्यवस्थापन नगर्दा हुने खतराबारे सहभागीहरुलाई जानकारी गराएका थिए। उनले विद्युतीय सामग्रीलाई छिटोभन्दा छिटो बदल्नुको सट्टा लामो समयसम्म प्रयोग गर्न आग्रह गरेका थिए।

जुलाई २४ मा रणजितकुमार सिंह र जयप्रकाश खेतानले प्लाष्टिकको एकल प्रयोगलाई व्यावहारिकरूपमा कम गर्ने सन्दर्भमा विचार प्रस्तुत गरेका थिए। जुलाई २५ मा आयोजित कार्यक्रममा महेश अग्रवालले दिगो खाद्य प्रणालीका बारेमा धारणा प्रस्तुत गर्दै स्वस्थ खानाका फाइदाबारे प्रकाश पार्नुभएको थियो।

त्यही क्रममा उनले स्वास्थ्यका लागि कोदोको प्रयोगका फाइदबारे चर्चा गरेका थिए। जुलाई २६ मा भएको ‘फोहर न्यूनीकरण अभिमुखीकरण कार्यक्रम’मा सरफुद्दिन मियाँ र महेश अग्रवालले फोहोर कम गरी वातावरण स्वच्छ र सुन्दर बनाउन थप रुख रोप्नुपर्नेमा जोड दिएका थिए। जुलाई २७ मा गोविन्द गुप्ता र प्रियांशु गुप्ताले ऊर्जा बचत सत्रमा ऊर्जाको उपयोगलाई कसरी किफायती बनाउन सकिन्छ भनी व्याख्या गरेका थिए।

विशेष सप्ताहको अन्तिममा वाणिज्य दूतावास परिसरमा आयोजना गरिएको फोहर बचत सत्रमा नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरन महर्जन र चार्टर्ड एकाउन्टेन्ट प्रियंका रौनियारले पानी खेर फाल्दा कसरी पानीको संकट निम्त्याउँछ भन्नेबारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group