ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक, एनआरएनलाई लगानीको बाटो खुला (पूर्णपाठ)


एबीसी न्यूज
१४ श्रावण २०८०, आइतबार   ६ : ५७   बजे

 

 

 

काठमाडौँ । आर्थिक वर्ष २०८०र८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले आइतबार एक कार्यक्रमकाबीच आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

आर्थिक वर्षको विनियोजित बजेटको लक्ष्य, मौद्रिक नीतिले लिएको बाटोलाई अंगाल्दै समग्र धितोपत्र बजारको विस्तार एवम् सुधारमा केन्द्रीत हुनेगरी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइएको बोर्डले जनाएको छ । पुँजी बजारमा लगानीकर्ताको संख्यामा वृद्धि तथा प्रतिस्पर्धात्मक वातावरणको विकास गर्न एवं गैर आवासीय नेपाली नागरिकहरु (एनआरएनए) हरुलाई पुँजी बजारमा सहज प्रवेशका लागि आवश्यक कानुनी तथा संस्थागत पूर्वाधार तयार गर्ने कार्यक्रम धितोपत्र बोर्डले अघि सारेको छ ।

यस्तै, वस्तु विनियमय बजार सञ्चालनमा ल्याउने, धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा अनुमतिपत्र प्रदान गर्ने प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित एवं पारदर्शी बनाई तोकिएको मापदण्ड पुरा गरेका संस्थाहरुलाई निश्चित समयावधिभित्र खुला प्रणाली ९ओपन सिस्टम० मार्फत अनुमतिपत्र प्रदान गर्ने बोर्डले जनाएको छ ।

नवीनतम ज्ञान, सीप÷क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायको प्रवद्र्धन गर्न आवश्यक पुँजी परिचालनका लागि पीईरभीसी इकोसिस्टम निर्माण तथा एसएमई इन्ड्रष्ट्री विकासको सिग्नेचर पोलिसी लिई उद्यमशीलता प्रवद्र्धन तथा इन्टरप्राइज डेभलपमेन्ट मार्फत अर्थतन्त्रमा नयाँ धार सिर्जना गर्ने समेत बोर्डले आफ्नो नीति तथा कार्यक्रममा राखेको छ ।

खासगरी यस वर्ष नीति तथा कार्यक्रमलाई विकासात्मक र नियमित गरी दुई भागमा विभाजन गरिएकोमा विकासात्मक कार्यक्रम अन्तर्गत नीतिगत तथा कानुनी व्यवस्था तथा सुधार र सूचना प्रणालीको विकास र प्रयोग, अध्ययन तथा अनुसन्धान मार्फत बोर्डको बजार नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धि समेत गरिने बताइएको छ ।

यस्तै नियमित गर्ने कार्यक्रमहरुलाई समेत थप प्रभावकारी र व्यवस्थित बनाउन विशेष ध्यान दिइने बोर्डले जनाएको छ । प्रस्तुत कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी धितोपत्र बजार तथा वस्तु विनियम बजारको विकास, विस्तार तथा सुधार गर्नेतर्फ सशक्त भूमिका खेल्न प्रतिवद्ध रहेको समेत बोर्डले जनाएको छ ।

पूर्णपाठ

धितोपत्र बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक, एनआरएनलाई लगानीको बाटो खुला (पूर्णपाठ)

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group