ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको मध्यप्रदेशमा सामूहिक बलात्कारमा परेकी १२ वर्षीया बालिकाको अवस्था चिन्ताजनक


ABC NEWS
१५ श्रावण २०८०, सोमबार   ८ : २१   बजे

काठमाडौं १५ साउन । भारतको मध्यप्रदेशस्थित सतना जिल्लाको मैहरनजिकै सामूहिक बलात्कारमा परेकी १२ वर्षीया बालिकाको अवस्था चिन्ताजनक भएको छ।

पीडित बालिकाको उपचार मैहरबाट ७० किलोमिटर टाढा रहेको रेवास्थित सञ्जय गान्धी मेमोरियल अस्पतालमा भइरहेको छ। त्यहाँ ७ जना चिकित्सकको टोलीले घन्टौँ शल्यक्रियापछि उनको गुप्तांगमा काठ घुसारिएका भित्री चोट धेरै भएको बताएको छ।

चिकित्सकको टोलीले बालिकाको शरीरमा दाँतले टोकिएका चिह्नहरू पनि रहेको जनाएको छ।

घटना जुलाई २७ को हो। घटनामा संलग्न आरोपमा मेहरको मन्दिरमा दैनिक ज्याला मजदुरी गर्ने रवीन्द्र चौधरी र अतुल बडोलिया नामका दुई व्यक्तिलाई पक्राउ गरिएको छ।

कतिपयले पीडित बालिका त्यही मन्दिर बाहिर भिख माग्ने गर्थिन् भनेका छन् भने कतिले उनी मन्दिर बाहिर फूल बेच्ने गर्थिन् भनेका छन्।

प्रहरीका अनुसार घटनाबारे जुलाई २० का दिन जानकारी प्राप्त भएको हो। जंगलमा २० घण्टासम्म बेहोस अवस्थामा रहेकी बालिका कुनै स्थानीय महिलाको सहयोगमा आफ्नो गाउँसम्म पुगेकी थिइन्। त्यसपछि प्रहरीले घटना थाहा पाएको थियो।

स्थानीय प्रशासनले जुलाई २९ तारिख अभियुक्तको घर बुलडोजरले भत्काएको थियो। घर भत्काउन गएका उपडिभिजन अधिकृत सुरेश यादव र उप डिभिजन प्रहरी अधिकृत लोकेश डावरले दुवै अभियुक्तको घर सरकारी जग्गामा अवैध रूपमा बनेको बताएका छन्।

यस घटनामा मुख्यमन्त्री शिवराज सिंह चौहानले भनेका छन्, ‘मैहरमा छोरी बलात्कारमा परेको सूचना पाएको छु, मेरो मन दुखेको छ, म निकै दुःखी भएको छु।’

‘अपराधीलाई कुनै हालतमा नछाड्न प्रहरीलाई निर्देशन दिएको छु। प्रहरीले अपराधीलाई पक्राउ गरिसकेको छ। छोरीको उचित उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएको छु। अपराधीलाई छाडिने छैन, कडाभन्दा कडा कारबाही हुनेछ।’- बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu