ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड


एबीसी न्यूज
१५ श्रावण २०८०, सोमबार   १ : ४३   बजे
काठमाडौं, १५ साउन । सौरमास अनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
साउनको तेस्रो सोमबार आज सुन्दरीजलबाट शुद्ध जलसहित बोल बम यात्रा गरी पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड बढेको उहाँले सुनाउनुभयो । बोल बम काँवरिया सङ्घको आयोजनामा आज सुन्दरीजलबाट पशुपतिनाथसम्म बोल बम यात्रा गर्ने भक्तजनको भीड लागेको हो ।
साउनको सोमबार पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले यस दिन उहाँको पूजा आराधना तथा शुद्ध जल अर्पण गर्नाले आशुतोष भगवान् खुसी हुने विश्वास गरिन्छ । भक्तजनको भीड लाग्ने भएकाले साउनको सोमबारका अवसरमा पशुपति क्षेत्रमा तीज र महाशिवरात्रिको जस्तै तयारी गरिएको कोषले जनाएको छ ।
साउनको सोमबार पशुपतिनाथलगायत शिवालयमा विशेष पूजा आराधना गर्ने भक्तजनको पनि भीड लाग्ने गर्छ । यस वर्ष भने साउनमा अधिकमास रहेकाले साउनको सोमबारको व्रत गर्नेले व्रत गर्नु हुने वा नहुनेमा मतान्तर रहेको छ । साउनमा प्रत्येक वर्ष भगवान् शिवको पूजा आराधना गरिने नित्य कर्म भएकाले गर्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर भएको हो ।
साउनको तेस्रो सोमबार आज पनि पशुपतिनाथलगायत शिवालयमा भेला भएका भक्तजनमध्ये धेरैजसो वर्तालु महिला रहेका छन् । साउनको सोमबारका अवसरमा आज राजधानीको गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu