ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिम सरकारबारे रेशम चौधरीलगायतको प्रधानमन्त्रीसँग छलफल


abc tv
१५ श्रावण २०८०, सोमबार   ३ : २६   बजे

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार विस्तार बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भएको छ । आज सिंहदरबारमा भएको छलफलमा भोलि बिहान शीर्ष नेताहरूबीच सुदूरपश्चिम प्रदेश सरकार विस्तारको गाँठो फुकाउने सहमति भएको हो ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डसँग नागरिक उन्मुक्तिका नेताहरूले यस अघि भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई २ मन्त्रालय दिनु पर्ने बताएका थिए । मुख्यमन्त्री शाहले केन्द्रबाट प्रदेशको गाँठो फुकाउनु पर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम सरकार विस्तारबारे सहमति गर्न भोली बिहान ९ बर्ष शीर्ष नेताहरू बिच छलफल हुने बताएका छन् । उक्त छलफल पछि प्रदेश सरकार बिस्तार हुने अपेक्षा छ ।

सुदूरपश्चिम प्रदेशमा ७ महिनादेखि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्री विहीन छ भने पृथ्वी बहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि मुख्यमन्त्री आफैसँग छ ।

अहिलेसम्म दुई मन्त्रालयको अडान लिएको नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय पाउँछ वा एकै मन्त्रालयमा सरकारमा सहभागी हुन्छ भन्ने कुरा भोली शीर्ष नेताहरू बिचको छलफलपछि मात्रै टुुंगो लाग्ने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रधानमन्त्री प्रचण्डसँगको छलफल सकारात्मक भएको र भोलि बिहान ९ बजे बैठकमा थप छलफल हुने सहमति भएको जानकारी दिए । यस अघि मुख्यमन्त्री सहितको टोलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटेर सरकार विस्तारबारे शीर्ष नेताहरू बिच सहमति गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu