ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा नयाँ सरकार गठनका लागि सभामुख गौतमले राजीनामा दिँदै


abc tv
१६ श्रावण २०८०, मंगलबार   १२ : ०४   बजे

इटहरी । कोशी प्रदेशमा सभामुखको राजीनामा गराएर पुनः गठबन्धनले नयाँ सरकारका लागि दाबी पेस गर्ने भएको छ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज साँझ ५ बजे सकिँदै छ।

त्यसअघि कोशीका सभामुख बाबुराम गौतमले राजीनामा दिने नेकपा माओवादीका केन्द्रका सांसद दुर्गा चापागाईंले जानकारी दिए।

त्यसपछि समयसीमा अघि नै मुख्यमन्त्री पदका लागि गठबन्धनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको छ।

यसअघि सभामुखसमेतको हस्ताक्षर प्रयोग गरी बहुमत पुर्‍याएर गठबन्धनले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाएको थियो।

तर एमालेले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको नियुक्ति असंवैधानिक ठहर गरेपछि त्यहाँ पुनः नयाँ सरकार गठनको आह्वान भएको हो।

यसपटक पनि गठबन्धनले थापालाई नै मुख्यमन्त्रीका रूपमा अघि सार्ने सम्भावना छ।

प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रकाका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद मात्रै हुने भएकाले बहुमत ४७ सांसद पुर्‍याउन गठबन्धनले सभामुखलाई राजीनामा दिन लगाउने भएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu