ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन दिनपछि अवरुद्ध सहिदमार्ग सञ्चालन


एबीसी न्यूज
१६ श्रावण २०८०, मंगलबार   १२ : ५७   बजे
काठमाडौ असार १६ ।  रुकुम पूर्व स्थित अवरुद्ध सहिदमार्ग तीन दिनपछि सञ्चालन भएको छ । वर्षापछि रुकुम पूर्वको महत र रोल्पाको थबाङ बीचको विभिन्न ठाउँमा झरेको पहिरोका कारण साउन १३ गतेदेखि अवरुद्ध सडक आजदेखि सञ्चालन गरिएको हो । लगातार वर्षाका कारण भूमे गाउँपालिका वडानं ७ अन्तर्गत उख्लिबाङ र भूर्तिबाङ भन्ने ठाउँमा पहिरो झरेको थियो । पहिराले मान्छे पैदल हिँड्ने बाटोसमेत थिएन । प्रहरी र स्थानीयवासीको सहयोगमा तीन दिनपछि अवरुद्ध सडक खुलाउन सफल भइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले जानकारी दिए ।
वर्षाका कारण मध्यपहाडी लोकमार्ग र सहिदमार्गसँगै अन्य सहायक मार्गमा पहिरो झरेर समस्या भइरहेको छ । पहिरो जानेबित्तिकै समयमा जेसिबी र ब्रेकर नभेटिँदा तत्काल पहिरो पन्छाउने कार्यमा समस्या भइरहेको उनले बताए । प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार सहिदमार्गमा पहिरो हटाउन सहिदमार्गकै एउटा जेसिबी छ । भूमे गाउँपालिकाको जेसिबी काँडाबगरमा झरेको पहिरो पन्छाउने क्रममा बिग्रिएको छ । मध्यपहाडीको भूमे साइडमा पहिरो हटाउन यती बिल्डर्सले सहयोग गरिरहेको छ ।
मध्यपहाडी लोकमार्गको काम गरेको कालिका कन्स्ट्रक्सनले भने कहिले जेसिबी बिग्रेको, कहिले ड्राइभर नभएको भन्दै आएकाले काममा ढिलाइ भएको हो । सिस्ने गाउँपालिकाको रुकुमकोट–खोपिचार सडकखण्डमा पनि पहिरो झरिरहेको र  पुथा उत्तरगङ्गा गाउँपालिकाको हुकाममा पनि पहिरो झरेर सडक अवरुद्ध हुँदा यात्रुहरुले गाडी परिवर्तन गरेर यात्रा गर्दै आएको उनले बताए । काँक्रीबाट रिका लेख हुँदै क्युबाङ जाने बाटोमा पनि वर्षाको भेलका कारण बाटो चिराचिरा परेर यात्रा गर्न कठिन र जोखिम हुँदै आएकोे छ ।
कतिपय सहायक मार्गहरु भने पहिराका कारण अवरुद्ध नै भइसकेका र  तत्काल खुलाउन सम्भव नभएको स्थानीय तहले बताएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिकाको काँडा बगरमा भने एकतर्फी आवागमन भइरहेको छ । साउन १२ गते बिहान ५ बजेतिर झरेको ठूलो पहिराको कारण आवागमनमा समस्या भइरहेको छ । सडकमा झरेको ठूलो ढुङ्गा फुटाउन सकिएको छैन । जिल्लामा उपलब्ध ब्रेकरले उक्त ढुङ्गा फुटाउन नसकिएको बताउँदै डिएसपी श्रेष्ठले आज रोल्पाको घर्तिगाउँबाट ठूलो ब्रेकर बोलाइएको र उक्त ब्रेकरले ढुङ्गा फुटाए आवागमनमा सहज हुने बताए । पहिराका कारण जिल्लास्थित विभिन्न विद्यालयहरुमा पनि क्षति पुगेको प्रहरीले बताएको छ ।
रातिको समयमा यात्रा नगर्न अनुरोध
जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले रातिको समयमा यात्रा नगर्न यात्रुहरुलाई अनुरोध गरेको छ । जिल्लास्थित मध्यपहाडी ९पुष्पलाल० राजमार्ग, सहिदमार्ग एवम् अन्य सहायक मार्गमा कमजोर भूबनोट, भारी वर्षालगायत कारण पहिरो एवम् सुक्खा पहिरो जाने क्रम चलिरहेको छ । यसै जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै रातिको समयमा यात्रा नगर्न सबैलाई अनुरोध गरेको हो । रातिको समयमा यात्रा गर्नुपरेमा नजिकको सुरक्षा निकायलाई जानकारी गराएर मात्र यात्रा गर्न सूचनामा उल्लेख गरिएको छ । साथै जिल्लाभित्र कुनै पनि प्रकारको विपद्जन्य घटना÷दुर्घटना भएको जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकाय तथा जनप्रतिनिधिलाई जानकारी गराउन आग्रह गरिएको छ । साथै जिल्ला प्रहरी कार्यालयको टेलिफोन नं १०० वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र रुकुम ९पूर्व० को नं ९७४६९३०९४० मा फोन गरेर जानकारी गराउन सूचनामार्फत आग्रह गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीले २५ मेगावाटको सोलार आयोजना ध्वस्त, ४ अर्ब लगानी जोखिममा

माथिल्लो त्रिशूली–३ ‘ए’को टनेलबाट पम्पिङ गरेर पानी निकाल्ने तयारी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu