ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करी- उच्चस्तरीय छानबिनको मागबाट पछि नहट्न एमालेलाई सत्तापक्षकै नेताहरूको दबाब


एबीसी न्यूज
१६ श्रावण २०८०, मंगलबार   १ : २२   बजे

काठमाडौ असार १६ । सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गरिरहेको प्रमुख विपक्षी नेकपा एमालेलाई सत्तापक्षकै नेताहरूले साथ दिएका छन् ।सरकारले उच्चस्तरीय छानबिन समिति वा आयोग बनाउने सहमति जनाएमात्र संसद चल्न दिने भनिरहेको एमालेलाई माओवादीकै नेता वर्षमान पुनलगायतले पनि अडानबाट पछि नहट्न भनिरहेका छन् ।पुनले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरीलगायतका नेतासँग अनौपचारिक संवादमा उच्चस्तरीय छानबिन समिति गठनको पक्षमा आफू पनि रहेको भन्दै अडानमा कायम रहन आग्रह गरेका हुन् ।

त्यसो त नेता पुनले सुन तस्करीमा आरोपित व्यक्तिसँगको आफ्नो पुरानो फोटोसमेत राखेर समाचार आएपछि माओवादी पदाधिकारी बैठकमै उच्चस्तरीय आयोग गठनको प्रस्ताव राखेका थिए ।एमाले संसदीय दलका एक पदाधिकारीले भने, ‘सरकारका अर्थ र गृहमन्त्रीमाथि नै प्रश्न उठेकाले उनीहरूले गर्ने छानबिनबाट तस्करीको सत्य तथ्य बाहिर आउँदैन भन्नेमा लगभग सबै दल सहमत भएका छन् । कांग्रेस, जसपालगायत सत्तापक्षका सांसदहरूले त साथ दिएकै थिए अब माओवादीकै पनि केही नेताहरुले खबरदार अडान छाड्नुहोला भन्न थालेका छन् । त्यसैले उच्चस्तरीय छानबिन आयोग गठनबाट पछि हट्ने अवस्था छैन ।

’विगत करिब ४ महिनाको अवधिमा ३० क्वीन्टलभन्दा बढी सुन विमानस्थलबाट निर्वाधरूपमा बाहिरिएको प्रारम्भिक निष्कर्ष छ । त्यसैले यो प्रकरणको जरैसम्म पुग्न पूर्व वा वहालवाला न्यायाधीशको अध्यक्षतामा विज्ञहरू सम्मिलित उच्चस्तरीय आयोग वा समिति गठन गर्नुपर्ने एमालेको अडानमा सत्तापक्षकै नेताहरूले साथ दिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।उच्चस्तरीय छानबिनको प्रतिबद्धता सरकारबाट नआएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने एमालेले भनेपछि सोमबारको बैठक सूचना टाँस गरेर स्थगित भएको थियो । आज पनि सरकारबाट उच्चस्तरीय छानबिनको प्रतिबद्धता नआए सदनको नियमित कारबाही अघि बढ्न नसक्ने एमालेका प्रमुख सचेतक गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu