ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन प्रस्ताव पारित गर्दै प्रदेश १ को पहिलो बैठक सम्पन्न


admin
२२ माघ २०७४, सोमबार   ४ : ५६   बजे

काठमाडौं, २२ माघ । प्रदेश नम्बर एकको प्रदेश सभा बैठकले विभिन्न तीन विषयलाई पारित गर्दै सम्पन्न भएको छ।

सोमबार विराटनगरस्थित जिल्ला समन्वय समितिको भवनमा दिउँसो बसेको बैठकले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, सभामुख उपसभामुखको निर्वाचन मिति र सहसचिव ध्रुब घिमिरेलाई संघीय संसद सचिवालय सचिवको अख्तियारी दिँदै बैठक सम्पन्न भएको हो।

ऐतिहासिक बैठकको सुरुआतमा प्रदेश सभासदस्यहरुले प्रदेशको सम्बृद्धका लागि एक हुनुपर्नेमा जोड दिएका थिए। एमाले सांसद भीम आचार्यले प्रदेश नम्बर एकको विकासमा साझा एजेण्डासहित विकासमा एक हुन आवश्यक रहेको बताए।

उनले रोजगारी, पर्यटन, विदेशी मुद्रा आर्जन गर्न प्रदेश नम्बर एकका प्रचुर सम्भावना रहेको औँल्याउदै भने, ‘यहाँ मात्र प्रोत्साहनको कमी छ। सबै क्षेत्रमा प्रोत्साहन दिदै अघि बढे हामीलाई कसैले रोक्न सक्दैन।’

त्यसैगरी फोरम नेपालका सभासदस्य जयराम यादवले जनमतको कदर गर्दै बहुमत प्राप्त सरकारलाई सफल नेतृत्व गर्न शुभकामना दिए। उनले सबैलाई एक भएर कार्य गर्न सुझाव पनि दिए।

करिब ४५ मिनेटसम्म चलेको बैठकमा नेपाली कांग्रेसबाट चन्द्रबहादुर श्रेष्ठ, संघीय लिम्बूवान राष्ट्रिय मञ्चबाट विष्णुमाया तुम्बाहाम्फे, राप्रपाबाट इन्दिरा राई र स्वतन्त्रबाट नारायणबहादुर मगरले शुभकामना मन्तब्य राखेका थिए।

सुरुमा प्रदेश प्रमुख गोविन्द सुब्बाले संसद बैठक सुरु गर्न पठाएको पत्र सरवागीले पढेर सुनाएका थिए। बैठकले माघ २९ गते सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ। सो क्रममा प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्य विधि पनि पारित गरेको छ।

अर्कोतर्फ बैठकले सहसचिव ध्रुव घिमिरेलाई संघीय संसद सचिवालय सचिवको अख्तियारी पनि दिएको छ। प्रदेश १ मा कुल ९३ जना सांसद छन्। यसमा एमालेबाट ५१, कांग्रेस २१, माओवादी केन्द्र १६, संघीय समाजवादी फोरम ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट समान एक जना सांसद छन्।

प्रदेशसभाको अर्को बैठक माघ २९ गते सोमबार बस्ने जेष्ठ सभामुख ओमप्रकाश सरावगीले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

ब्रेकिङ: झापा–५ बाट बालेन्द्र शाहको ऐतिहासिक जित, ओली ४९ हजार ६१४ मतान्तरले पराजित

झापा–५ मा १ लाख ६ हजार मत खस्यो, करिब ६५ प्रतिशत

कोशी प्रदेशमा मतदान प्रगति: सुनसरीमा २५ प्रतिशत, मोरङमा २९.५५ प्रतिशत, धनकुटामा २३ प्रतिशत

झापामा मतदान सुरु भएको एक घण्टामा ७.५ प्रतिशत मत खस्यो: बिहानैदेखि उत्साहजनक सहभागिता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group