ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीका केन्द्रीय सदस्य सँख्या टुंगियो, ३ सय ८७ जनाले परिचय पत्र पाए


ABC NEWS
१६ श्रावण २०८०, मंगलबार   ३ : १३   बजे

काठमाडौं १६ साउन । नेकपा माओवादी केन्द्रको पार्टी महाधिवेशन भएको झण्डै दुई वर्ष पुग्ने लाग्दा माओवादी केन्द्रले केन्द्रीय सदस्यको टुंगो लगाएको छ।

मंगलबार पार्टीको केन्द्रीय कमिटीको बैठक सुरू हुनुअघि केन्द्रीय सदस्यलाई परिचयपत्र वितरण गर्ने क्रममा माओवादीले आफ्ना पार्टीका केन्द्रीय सदस्य को को हुन् भनेर पहिचान गरेको हो।
सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ७ सय ५८ जना नेताहरु सहभागी हुने भएका छन्।

बुधबारदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु हुने केन्द्री समिति बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १०० जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जनाले भाग लिने भएका हुन्।

माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बुधबार बिहान ११ बजे सुरु हुनेछ।
माओवादीको केन्द्रीय समिति बैठक १३ महिनापछि बस्न लागेको हो। यसअघि माओवादीले २०७९ असार १९ गतेदेखि केन्द्रीय समिति बैठक राखेको थियो।

पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले सबै केन्द्रीय सदस्यहरूको कार्ड छपाइको काम सकिएको र आफ्नो पार्टीमा ३८७ जना केन्द्रीय सदस्य रहेको जानकारी दिए।

यसअघि गत पुसमा भएको पार्टी महाधिवेशनमा २९९ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव भएको थियो। त्यसयता पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्धाधुन्ध केन्द्रीय सदस्य मनोनयन गर्दा त्यसको संख्या झण्डै साढे पाँच सय पुगेको थियो। तर यसको रेकर्ड कतै पनि राखिएको थिएन।

अहिले केन्द्रीय कमिटीको बैठक सुरू हुनुअघि ती सदस्यहरूबारे अध्ययन गरेर संख्या निर्धारण गरिएको छ।

माओवादीको केन्द्रीय कमिटी बैठक बुधबार प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्दैछ। माओवादीले पहिलो पटक केन्द्रीय समितिको बैठक फेसबुकमार्फत लाइभ गर्ने भएको छ । यस अघि गत हप्ता भएको अर्को सत्तारुढ दल नेपाली कांग्रेसले पनि आफ्नो बैठक लाइभ गरेको थियो ।
माओवादी बैठक लाइभ गर्ने निर्णयबाट कतिपय केन्द्रीय सदस्यहरु असन्तुष्ट देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu