ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी पहिलो लाइभ बैठकमा ७५८ सहभागी, खाने–बस्ने व्यवस्था, खाजा भने पार्टीले व्यवस्था गर्ने


एबीसी न्यूज
१७ श्रावण २०८०, बुधबार   ८ : १९   बजे

 

काठमाडौं १७ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजेदेखि काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ । बैठक पाँच दिनसम्म चल्ने छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले बैठक अवधिभर खाने बस्ने व्यवस्था आफैं मिलाउन पार्टी हेडक्वाटरले केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ । । खाजा, पानी र स्टेशनरीको व्यवस्था भने पार्टीले गर्नेछ ।

नेनेकपा माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठक अवधिभर बैठकमा सहभागीहरुले खाने–बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने बताए ।

बैठक हलको भाडा, मञ्च व्यवस्थापन, केन्द्रीय सदस्यहरुलाई खाजा, पानी, स्टेशनरी, झण्डा, ब्यानर लगायत बैठक व्यवस्थापनका काममा करिब २० लाख खर्च हुने अनुमान माओवादी केन्द्रले गरेको छ । प्रज्ञा भवनको ठूलो हल बुकिङका लागि मात्रै १० लाख भुक्तानी गरिएको केन्द्रीय कार्यालय स्रोतले बतायो ।

बैठकमा हुने खर्च पार्टीका नेता–कार्यकर्ताहरुको लेबी र केन्द्रीय सदस्यहरुको प्रवेश शुल्कबाट व्यवस्थापन गर्ने माओवादीले जनाएको छ । केन्द्रीय समिति बैठकमा सहभागीहरुलाई जनही पाँच सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ जना वैकल्पिक केन्द्रीय सदस्य, ७५ जना केन्द्रीय आयोगका सदस्य र १०० जना प्रदेश पदाधिकारी गरी जम्मा ७५८ जना सहभागी हुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै विचार मिल्ने पार्टीसँग एकता गर्ने लगायतका विषयमा छलफल हुने छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् ।

बैठक सामाजिक सन्जालबाट लाइभ गर्ने माओवादीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu