ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्द्रीय समिति विस्तार गरेर ४०७ , बैठक लाइभ गर्नबाट पछि हट्यो माओवादी


एबीसी न्यूज
१७ श्रावण २०८०, बुधबार   ११ : ५७   बजे

 

काठमाडौं १७ साउन । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने स्थायी समितिको बैठकले निर्णय गरेको छ ।

आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको सचिव गणेश शाहले जानकारी दिए ।

त्यसका लागि आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा विधान संशोधन गर्नु पर्नेछ । केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने बैठकपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘बैठकमा अध्यक्षबाट प्रतिवेदन पेस, वर्तमान राजनीतिक अवस्थाका बारेमा संक्षेपमा सम्बोधन गर्ने काम हुन्छ,’ उनले भने, ‘त्यसपछि सबै केन्द्रीय सदस्यले बोल्ने क्रम सुरु हुन्छ ।’ सकेसम्म छोटो समयमा आफ्ना धारणा राख्ने र सबैले धारणा राख्न सक्ने वातावरण निर्माण गरिने उनले बताए ।

बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता रहने छ ।

माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक आजदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ । माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय समेत गरेको छ।
केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ । आज बसेको स्थायी समिति बैठकले बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।
सो बैठक सामाजिक सन्जालबाट लाइभ गर्ने माओवादीले जनाएको थियो । तर धेरै जनाको विरोध आएपछि बैठक लाइभ नगर्ने निर्णय भएको सचिव गणेश शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालत ‘सेटिङ’को आरोपमा कांग्रेसभित्र जुहारी, देउवा पक्ष भन्छ– न्यायालयलाई विवादमा नतानौं

हजारौँ प्रयोगकर्तालाई एकैपटक सूचना पठाउन सकिने, टेलिकमले ल्यायो नयाँ सेवा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu