ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीको केन्द्रको केन्द्रीय समिति बैठक दोस्रो दिनमा, आज ५० जनाभन्दा बढीले बोल्ने


ABC NEWS
१८ श्रावण २०८०, बिहिबार   ७ : ५९   बजे

काठमाडौँ १८ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १७ जनाले धारणा राखिसकेका छन् ।

मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा बैठकमा छलफल भइरहेको छ ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेका छन् ।
पहिलो दिन प्रधानमन्त्रीसमेत रहेका प्रचण्डको प्रतिवेदनमाथि र समसामयिक विषयमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकमा नाम टिपाउने केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको छ ।
बैठकमा अधिकांश नेताहरूले पार्टी संगठन निष्क्रिय भएको, जनप्रतिनिधिले पार्टीको काममा बेवास्ता गरेकोलगायतका विषय पनि उठाएका छन् । बैठकमा अध्यक्ष स्वयम्ले पार्टी पार्टीजस्तो नभएको बताए ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति बैठकमा भ्रष्टाचारीलाई कारबाही गनुपर्नेदेखि पार्टी नेतृत्व जनताले नै छान्नुपर्नेसम्मको आवाज उठेको छ । १३ महिनापछि कमलादीस्थित प्रज्ञा भवनमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा नेताहरूको त्यस्तो आवाज सुनिएको हो ।

पहिलो दिन प्रधानमन्त्रीसमेत रहेका प्रचण्डको प्रतिवेदनमाथि र समसामयिक विषयमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकमा नाम टिपाउने केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको छ ।

मंगलबारको पदाधिकारी बैठकले केन्द्रीय समिति फेसबुमार्फत लाइभ गने निर्णय गरे पनि आजै बिहान बसेको स्थायी कमिटी बैठकले लाइभ गर्न अस्वीकार गर्‍यो । तर, यसअघि राजनीतिक प्रतिवेदनमाथि समूहमा छलफल हुने गरेकोमा अहिले बैठकमा नै केन्द्रीय सदस्यहरूले धारणा राख्न पाएका छन् ।

बैठकमा अधिकांश नेताहरूले पार्टी संगठन निष्क्रिय भएको, जनप्रतिनिधिले पार्टीको काममा बेवास्ता गरेकोलगायतका विषय पनि उठाएका छन् । बैठकमा अध्यक्ष स्वयम्ले पार्टी पार्टीजस्तो नभएको बताए ।

पहिलो दिनको बैठकमा समसामयिकदेखि जनजीविकाको सवालसम्मका विषय उठान भएका छन् ।

बैठकमा अध्यक्षले प्रतिवेदन प्रस्तुत गरे पनि केन्द्रीय सदस्यलाई उपलब्ध नगराउँदा उनीहरूले प्रतिवेदनबिना नै आफ्नो धारणा राखेका छन् ।

बैठकमा आफ्नै पार्टी र अरू जुनसुकै ओहोदाका व्यक्ति परे पनि कारबाही हुनुपर्ने माग नेताहरूले गरेका छन् । आजको बैठकमा नेताहरूले आफ्नै पार्टीबाट सुन तस्करी काण्डमा नाम मुछिएका नेताहरूको नाम भने उच्चारण गरेनन् । तर, सम्रगरूपमा सुनसहित ललिता निवास जग्गा प्रकरण, नक्कली शरणार्थी प्रकरणका भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ ।

“जहाँसम्म छानबिनको सियो पुग्छ । भित्रको होस् वा बाहिरको होस् । हाम्रा र अर्काको भन्ने कुरा भएन । जनताले बुझ्ने गरी छानबिन हुनुपर्छ । दोषीलाई कारबाही हुनुपर्छ भन्ने कुरा उठेको छ । कसैले पनि व्यक्तिको नाममा प्रवेश गर्नुभएको छैन,” केन्द्रीय सदस्य हिमाल शर्माले भने ।
पहिलो दिनको बैठकमा केन्द्रीय सदस्यहरु हिमाल शर्मा, कृष्ण केसी , लक्ष्मण पन्त, सल्यानकी टीका बुढाथोकी, मानसिंह मान, सुरेन्द्र बस्नेत कृष्णकुमार चौधरी, रवीन्द्र श्रेष्ठ लगायतले बोलेका थिए । त्यसमध्ये बालुवाटार नयाँ सामन्तवादको केन्द्र बनेको टिप्पण्ी गरेका लक्ष्मण पन्त चर्चामा छन् ।

सबै केन्द्रीय सदस्यले बोल्ने बताइएको बैठकमा आज ५० जनाभन्दा बढी केन्द्रयि सदस्यले बोल्ने तयारी रहेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए । सांझ ४ बजे बैठक स्थगित हुने बताइएको छ । आजै सांझ ५ बजे प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा वैधानिक परिषद्को बैठक आह्वान भएको छ ।

पहिलो दिनको बैठकमा केन्द्रीय सदस्य हिमाल शर्मा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu