ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘किन पेरिसडाँडा सम्पर्क कार्यालय र बालुवाटार–खुमलटार केन्द्रीय कार्यालयजस्तो भयो ? – धनिराम यादव


ABC NEWS
१८ श्रावण २०८०, बिहिबार   १ : २७   बजे

काठमाडौं १८ साउन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनीराम यादवले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा सम्पर्क कार्यालय र बालुवाटार र खुमलटार केन्द्रीय कार्यालयजस्तो भएको व्यंग्य गरेका तन् ।
बिहीबार जारी केन्द्रीय कमिटी बैठक बोल्दै यादवले नेताहरूले छोराछोरीलाइ पिए राख्न नहुने धारणा राखे । नेताहरूका छोराछोरीलाई जयजयकार गर्नुपर्ने अवस्था आएको भन्दै दुःख व्यक्त गरे।
बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीभित्र रूपान्तरणको आवश्यकता रहेको औंल्याएका छन्।

माओवादी केन्द्रको बिहीबार जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले स्वाधीनता, परिवर्तनको रक्षा, समृद्धि, शान्ति प्रक्रिया, समाजवादमा लैजानुपर्ने अहिलेको मुख्य कार्यभार रहेको पनि बताए।

संगठनात्मक यथास्थितिवादको अन्त्य गर्नुपर्ने बताउँदै श्रेष्ठले नेतृत्व कमजोर भयो भने रूपान्तरण नहुने दृष्टिकोण राखे। उनले अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आफ्नो पूर्ण समर्थन रहेको र बैठकपछि पूर्ण प्रतिवेदन आउने जानकारी पनि दिए।

केन्द्रीय सदस्य हितबहादुर तामाङले पार्टी नेताहरूले चुनाव जित्न पैसामात्रै सम्झिने आदर्श बिर्सिने प्रवृत्ति बढिरहेको भन्दै त्यसको समीक्षा हुनुपर्ने बताए। उनले आफ्नो र अर्को नभनी विगतको निर्मम समीक्षा गर्नुपर्ने बताए।

केन्द्रीय सदस्य माधव सापकोटाले नेतृत्वको बीचमा मात्रै कार्यविभाजन भएर पार्टी नचल्ने बताए। उनले माओवादी पार्टी क्रान्तिकारी हो कि यथास्थितिबादी भनेर प्रश्न गरेका थिए।

हरि अधिकारीले विधान संसोधन गर्न सजिलो भए पनि लागु गर्न गाह्रो हुने टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group